चित्रकार सिवन राईलाई प्रथम सिक्किम अकादेमी पुरस्कार प्रदान गरिने

गान्तोक: सिक्किम अकादेमीले यो वर्षदेखि शुरु गरेको सिक्किम अकादेमी पुरस्कार २०२४ ले चर्चित युवा चित्रकार सिवन राईलाई चित्रकलामा उनको कार्यलाई सम्मान गर्दै प्रथम सिक्किम अकादेमी पुरस्कारले विभुषित गर्ने भएको छ। सिक्किम अकादेमीका अध्यक्ष एसआर सुब्बाले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भने, ‘सिक्किम अकादेमीको संविधानमा कला,साहित्य, संगीत जस्ता विषयहरूलाई प्रोत्साहन गर्न पुरस्कार दिने प्रावधान राखेको छ। आजभन्दा २२ वर्ष अघि स्थापित भएको सिक्किम अकादेमीले यो वर्षदेखि भने संविधानमा प्रदत्त पुरस्कारको प्रावधानलाई पालन गर्दै सिक्किम अकादेमी पुरस्कार घोषणा गरेको छ।‘ उनले यसपाली पहिलो पुरस्कार चित्रकार सिवन राईलाई प्रदान गर्ने निर्णय गरेको बताए। यसमा वरिष्ट जुरीले चयन गरेर उनको नाम सुझाएको बताए।

पत्रकारहरूसित कुराकानी गर्दै सिक्किम अकादेमीका महासचिव पुर्ण योञ्जनले यो पुरस्कारमा एक लाख रूपियाँ नगद राशी, ताम्रपत्र, प्रसस्ती पत्र, अङ्गवस्त्र प्रदान गर्ने जानकारी दिए। उनले चाँडै यस पुरस्कार वितरण कार्यक्रमको विस्तृत जानकारी सार्वजनिक गर्ने बताए।

सिच्छे, गान्तोकका युवा चित्रकार सिवन राईलाई सिक्किम अकादमी पुरस्कारको उद्घाटनकर्ताको रूपमा चयन गरिएको छ। रवीन्द्र भारती विश्वविद्यालय, कोलकाताबाट २०१७ मा स्तनातकोत्तर तहको  चित्रकलामा विशेषज्ञता हासिल गरेका राईले धेरै राष्ट्रिय स्तरका चित्रकला कार्यशालाहरू र प्रदर्शनीहरूमा भाग लिइसकेका छन्, धेरै पुरस्कारहरू जितिसकेको छन्। उनको छनोट तीन सदस्यीय निर्णायक मण्डलको सिफारिसमा आधारित थियो। यसैगरि अध्यक्ष सुब्बाले  यो वर्षदेखि सिक्किम अकादेमीले लाइबेरियन दिवस पालन गर्ने निर्णय़ गरेको पनि जानकारी दिए। जसमा आगामी १२ अगस्तको दिन लाइबेरियन दिवस पर्ने भएको कारण उक्त दिन विभिन्न शैक्षिक संस्थानका विद्यार्थीहरूको साथमा युवाहरूमा पुस्तक पठनपाठकलाई प्रोत्साहित गर्ने उद्देश्यले विभिन्न गतिविधिहरू आयोजन गर्ने बताए। जसले विभिन्न शैक्षिक संस्थानका प्रतिनिधिहरूलाई निम्तो गरिने तथा कायक्रममा उनीहरूको सहभागिताको अपेक्षा गरिएको बताए। डा. एसआर रङ्गनाथनको जन्म दिनलाई भारतमा लाइबेरी दिवसको रूपमा पालन गर्ने परम्परा रहिआएको छ।  पत्रकार सम्मेलनमा अकादेमीका सचिव प्रशासन पीएल शर्माले संक्षिप्त परिचय राखेl

Comments

Popular posts from this blog