खरसाङ नगरपालिकामा शहरलाई सफा अनि स्वच्छ राख्न विशेष सभा सम्पन्न

खरसाङ: खरसाङ नगरपालिकाले खरसाङ शहरलाई सफाअनि स्वच्छ राख्नका लागि सरसफाईलाई प्रमुखता दिँदै खरसाङ नगरपालिकामा जागरुकता सभा आयोजना गर्यो। सो सभा खरसाङ नगरपालिकाका उपाध्यक्ष सुवास प्रधानको अध्यक्षता अनि सेनिटेरी इन्स्पेक्टर रमेश सुब्बाको सञ्चालनमा सम्पन्न भयो। सभा खरसाङ शहरलाई सफा अनि स्वच्छ राख्नलाई एसडब्ल्युएम प्रोजेक्टअनुसार सरसफाई र फोहोरमैला व्यवस्थापन विषयलाई लिएर मासिक रूपमा गर्ने गरिन्छ।
सभामा बोल्दै सेनिटेरी इन्स्पेक्टर रमेश सुब्बा अनि खरसाङ नगरपालिकाका उपाध्यक्ष सुवास प्रधान (बसेका) 

एसडब्ल्युएम प्रोजेक्टअनुसार खरसाङ नगरपालिकाको प्रत्येक वार्डमा सरसफाई गर्न प्रत्येक बिहान फोहोरमैला उठाउने गरिन्छ। यस फोहोरमैला उठाएर सरसफाई गर्ने कार्यलाई सराहना गर्दै मैला उठाउने विषयमा मासिक रूपमा रिपोर्ट संकलन गर्नलाई सभा राखिएको जानकारी प्राप्त भएको छ। सभामा खरसाङ नगरपालिकाका वार्डहरूमा मैला उठाउने कार्य अनि शहरलाई सफा र स्वच्छ राख्ने विषयमा चर्चा परिचर्चा गरिएको छ। यसका साथै नगरपालिका क्षेत्रमा रहेका झोडानालाहरू सरसफाई गर्ने साथै झोडानालाहरूमा मैला नफ्याँकिदिने अनुरोध पनि गरिएको छ। यस सभाबारेमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ नगरपालिकाका उपाध्यक्ष सुवास प्रधानले खरसाङ शहरलाई सफा र स्वच्छ राख्नका लागि सर्वसाधारणले पनि सहयोग गर्नुपर्छ भन्ने आह्वान् गरेका छन्। उनले केही वार्डहरूमा मैला उठाउने कार्यमा कतिजनाले फिस नदिएको र सबैलाई समयमा नै फिस दिएर शहरलाई सफा र स्वच्छ राख्न नगरपालिकालाई सहयोग गरिदिने निवेदन गरेका छन्।


Comments

Popular posts from this blog