बदमताममा प्लास्टिकमुक्त समाज निर्माणको संकल्प गर्दै विश्व पर्यावरण दिवस पालन

बदामताम: दार्जीलिङको लेबोङ- बदामताम समष्टि अन्तर्गत बदामताम ग्राम पञ्चायतद्वारा आज विश्व पर्यावरण दिवस पालन गरियो। यो कार्यक्रम बालबालिकाहरूको विकास र सुरक्षामा काम गर्दै आएको गैर सरकारी संस्था चाइल्ड इन नीड इन्स्टिच्युट (सिनी)सँगको सहकार्यमा पालन गरियो। ग्राम पञ्चायत र चिया बगानका सदस्यहरू, आईसीडीएस, स्वनिर्भर समूह, पीआरआई सदस्यहरू, विद्यालयका अधिकारीहरू, शिक्षकहरू, विद्यार्थीहरू र समुदायका सदस्यहरूले पञ्चायत क्षेत्र, बदामताम हाई स्कूल र बदामताम प्राथमिक विद्यालय साथै समाजलाई प्लास्टिकमुक्त बनाउन सरसफाइ अभियान सञ्चालन गरे। पञ्चायत सचिव उप प्रधान, एडब्लुडब्लु, विद्यालयका शिक्षकहरूले ग्राम पञ्चायत र विद्यालय वरिपरि बिरुवा रोपे। कार्यक्रमको मुख्य उद्देश्य यस क्षेत्रलाई पैह्रोबाट जोगाउन प्लाष्टिक प्रदुषणको असरबारे समुदाय र बालबालिकामा चेतना जगाउनु रहेको थियो। पहाडी क्षेत्र भएकोले पैह्रोको जोखिम सधैं हुनेहुँदा वर्षायाममा बालबालिका तथा समुदायले ठूलो समस्या भोग्नुपरेको छ। त्यसैले यस क्षेत्रलाई प्लाष्टिक मुक्त बनाएर रुख रोप्दा माटो बलियो र जरा बाक्लो हुन्छ र पैह्रोको जोखिमलाई रोक्न सकिन्छ भन्ने कुरालाई ध्यानमा राखेर यो कार्यक्रमको आयोजन गरिएको थियो। कार्यक्रमलाई सबैको योगदानले सफल बनाएको थियोl आउँदो दिनहरूमा अन्य जनचेतनामूलक कार्यक्रमहरू पनि आयोजन गरिने अपेक्षा गरिएको सिनीका सदस्य परम चामलिङले जानकारी दिएका छन्।

Comments

Popular posts from this blog