
राज्यपाल ओमप्रकाश माथुरले नथुला हुँदै कैलाश-मानसरोवर यात्राको निम्ति झण्डा देखाएर प्रस्थान गराए नथुला हुँदै कैलाश-मानसरोवर यात्रा फेरि शुरु भएको साक्षी बन्नु हामी भाग्यशाली हौं : राज्यपाल गान्तोक : सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले आज नथुला हुँदै कैलाश-मानसरोवर यात्राको निम्ति टोलीलाई झण्डा देखाएर प्रस्थान गराए। तीर्थ यात्रीहरूको प्रथम ब्याचमा विभिन्न राज्यका तीर्थालु , सम्पर्क अधिकारी र एकजना चिकित्सा अधिकारी सामेल छन्। यस ब्याचमा पवित्र कैलाश-मानसरोवरको यात्रा गर्न दृढ सङ्कल्पित महिलाका साथै वरिष्ठ नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको छ। राज्यपाल माथुरले यात्रालाई झण्डा देखाएर प्रस्थान गराउनअघि , बिहानै नथुला पुगी राज्य सरकारका अधिकारी , सम्पर्क अधिकारीका साथमा सेना अनि आइटीबीपी कर्मीहरूको उपस्थितिमा यात्रीहरूसँग संवाद गरे। संवादका क्रममा राज्यपालले सबैलाई सफल यात्राको निम्ति शुभकामना व्यक्त गरे भने तीर्थालुहरूले भारत सरकार , सिक्किम सरकारका साथै विभिन्न राज्य अनि केन्द्र सरकारका विभाग अनि अभिकरणहरूप्रति आभार व्यक्त गरे। पछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राज्यपाल माथुरले यस ऐत...