Posts

4   लाख करोड़ रुपियाँभन्दा अधिक निवेश प्रस्ताव: राइजिङ नर्थ इस्ट समिटको सफल सम्पन्न नयाँ दिल्ली : 23-24   मईको क्रममा आयोजित राइजिङ नर्थ इस्ट समिट   2025   शनिबार ( 24   मई) मा पहिलो दिन महत्त्वपूर्ण निवेश घोषणाहरूका साथ सम्पन्न भयो। प्रधानमन्त्री नरेन्द्र मोदीले   23   मईमा शिखर सम्मेलनको उद्घाटन गरेका थिए। आफ्नो समापन भाषणमा केन्द्रीय सञ्चार मन्त्री तथा पूर्वोत्तर क्षेत्र विकास मन्त्री (डोनर मन्त्रालय) ज्योतिरादित्य एम. सिन्धियाले पूर्वोत्तर क्षेत्र वैश्विक साझेदारी र आपसी हितको केन्द्रको रूपमा देखा परेको बताए। मन्त्रीले जानकारी दिएअनुसार राइजिङ नर्थ इस्ट इन्भेस्टर्स समिट   2025   मा अभूतपूर्व   4.3   लाख करोड रुपियाँको निवेश आएको छ ,  जसले पूर्वोत्तर क्षेत्र (एनईआर) लाई भारतको अर्को आर्थिक महाशक्ति बन्नको लागि मार्ग प्रशस्त भएको छ। मन्त्रीले भने , “ हामीले जापानदेखि लिएर युरोप र आसियान देशहरूसम्म   80   भन्दा अधिक देशका प्रतिनिधिमण्डलहरूलाई स्वागत जनायो अनि सबैले एकमत भएर भारतको भविष्य पूर्वोत्तरमा रहेको कुरा ब...
Image
युवा साहित्यकार प्रवीण खालिङको "चिया गफ" लाई 28 औँ डा. शोभाकान्ति थेगिम (लेप्चा) स्मृति पुरस्कार प्रदान गरिने गान्तोक : डा. शोभाकान्ति थेगिम (लेप्चा) ट्रस्टको 19 मईमा सम्पन्न बैठकमा गान्तोकका साहित्यकार तथा पत्रकार प्रवीण खालिङलाई उनको निबन्ध सङ्ग्रह ‘ चिया गफ ’- का लागि 28 औँ डा. शोभाकान्ति थेगिम (लेप्चा) स्मृति पुरस्कार , 2025 प्रदान गर्ने निर्णय लिइएको छ। उक्त नाम दुई स्तरीय छनोट समितिको अग्रसारणमा अनुमोदन गरिएको बताइएको छ। यो पुरस्कार प्रत्येक वर्ष दिवङ्गत डा. शोभाकान्ति थेगिमको जन्मजयन्ती 4 जुलाईमा प्रदान गरिन्छ , जसमा नगद पुरस्कार रु. 50,001, एक ताम्रपत्र र प्रमाणपत्र सामेल छन्। प्रवीण खालिङलाई यो वर्षको पुरस्कार आगामी 4 जुलाईमा आयोजन गरिने विशेष समारोहमा प्रदान गरिनेछ। ज्ञात रहोस् , सन् 1998 देखि प्रत्येक वर्ष लेखकहरूलाई डा. शोभाकान्ति थेगिम (लेप्चा) स्मृति पुरस्कार प्रदान गर्दै आएको ट्रस्टले 2019 देखि 25 जना विशिष्ट साहित्यकार , सङ्गीतकार र प्रकाशकहरूलाई पनि 4 जुलाईमा सम्मानित गर्दै आएको छ। यस वर्ष पनि ट्रस्टले सांस्कृतिक सम्पदा संरक्षण , प्रवर्द्धन र प्र...
Image
विश्व चिया दिवस: मन्दीप लामा चिया कविता पुरस्कार 2025 द्वारा विभुषित गान्तोक : सिक्किममा लामो समयदेखि साहित्य, कला, सङ्गीत र अनुवाद जस्ता महत्वपूर्ण विधामा आफ्नो दर्बिलो योगदान दिँदै आएका मन्दीप लामालाई चिया कविता सिक्किमले वर्षेनी प्रदान गर्ने चिया कविता पुरस्कारले विभुषित गरेको छ। विश्व चिया दिवसको अवसरमा प्रदान गरिएको चिया कविता पुरस्कार विजेता लामालाई सिक्किम विधानसभाका सचिव ललित गुरुङ, डॉ शोभाकान्ति थेगिम (लेप्चा) स्मृति प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ साहित्यकार पेम्पा तामाङको वाहुलीबाट अङ्गवस्त्र, पुष्प गुच्छा , ताम्रपत्र र नगद राशी 15 हजार रूपियाँको पुरस्कारले पुरस्कृत गरियो। गान्तोकको जीवन थिङ मार्गमा स्थित रचना बुक्समा आयोजित विश्व चिया दिवसको अवसरमा पुरस्कार वितरण सितै कविता देउराली काव्य सत्र आयोजित गरिएको थियो। जसमा भारत नेपाल र भोटाङका स्वनामधन्य कविहरूले शक्तिशाली कविता वाचन गरेका थिए। कार्यक्रममा पर्यवेक्षकको रूपमा सिक्किम केन्द्रिय विश्वविद्यालयका सह प्राध्यापक डॉ बलराम पाण्डे रहेका थिए। उनले आफ्नो पर्यवेक्षकीय मन्तव्यमा वर्तमान कविताको धाराबारे सारगर्भित विचार राखे। प...
Image
मसला बोर्ड-आईसीआरआई ,  आरआरएस ,  गान्तोकद्वारा देन्ताममा मसला क्लिनिक एवं सामग्री वितरण कार्यक्रम आयोजित गान्तोक : मसला बोर्डको भारतीय अलैंची अनुसन्धान संस्थान (आईसीआरआई) ,  क्षेत्रीय केन्द्र तादोङद्वारा सङ्खु रधु-खाण्डु जैविक कृषक उत्पादक सहकारी समितिको सहयोगमा गेजिङ जिल्लाअन्तर्गत देन्ताममा ठूलो अलैंची कृषकहरूका लागि मसला क्लिनिक एवं सामग्री वितरण कार्यक्रम सफलतापूर्वक आयोजित गरियो। मसला क्लिनिक कार्यक्रममा आईसीआरआईका वैज्ञानिकहरूले पूर्वोत्तर क्षेत्रका लागि मसलामाथि अखिल भारतीय समन्वित अनुसन्धान कार्यक्रम (एआईसीआरपीएस) मार्फत् विकास भइरहेको   “ सिक्किममा नमूना नर्सरी गाउँ कार्यक्रमको विकास ”  अन्तर्गत कार्यान्वित देन्ताम क्षेत्रका कृषकहरूको नर्सरीहरूको भ्रमण गरे। कार्यक्रममा बायो-क्याप्सुलका रूपमा सूक्ष्म पोषकका साथमा बायोएजेन्टहरू कृषकहरूलाई वितरण गरियो। वैज्ञानिक तथा एआईसीआरपीएस ,  आईसीआरआई ,  आरआरएस ,  गान्तोकका प्रभारी डा. एसएस बोराले ठूलो अलैंचीका नर्सरीहरूका साथै बगानमा सुधारको निम्ति सूक्ष्म पोषक एवं बायोएजेन्ट उपयोग गर्ने प्रक्रियाबार...
Image
आईआईएमसीका   प्रशिक्षु अधिकारीहरूले गान्तोकमा एमआईबी कार्यालयहरूको भ्रमण गरे गान्तोक: भारतीय सूचना सेवा (आईआईएस) को वरिष्ठ ग्रेड समूह बी का   28  प्रशिक्षु अधिकारीहरूको एक समूहले आज पत्र सूचना कार्यालय र आकाशवाणी गान्तोक कार्यालयहरूको भ्रमण गरेको छ। उनीहरू वर्तमानमा भारतीय जनसञ्चार संस्थान (आईआईएमसी) नयाँ दिल्लीबाट अध्ययन भ्रमणमा सिक्किममा छन्। आकाशवाणी तथा दूरदर्शन केन्द्र ,  गान्तोकका क्लस्टर प्रमुख नीरज पाण्डे ,  इञ्जिनियरिङका सहायक निर्देशक कमल कुमार श्रीवास्तव र क्षेत्रीय समाचार एकाइका प्रमुख तथा पत्र सूचना कार्यालय (पीआईबी) गान्तोकका सहायक निर्देशक मानस प्रतिम शर्माले उनीहरूलाई स्वागत जनाए। उनीहरूलाई परम्परागत खादा र स्मृति चिह्नले न्यानो स्वागत गरियो। मानस प्रतिम शर्माले आफ्नो स्वागत भाषणमा अधिकारीहरूलाई पीआईबी र आकाशवाणी समाचारका गतिविधिहरूको बारेमा जानकारी दिए। उनले भनेअनुसार , सिक्किममा पीआईबी र सीबीसीद्वारा सरकारका कल्याणकारी योजनाहरूको बारेमा विभिन्न आउटरिच कार्यक्रम आयोजन भइरहेका छन्। उनले मिडियाको माध्यमद्वारा सूचना प्रसारित गर्ने प्रयास भइरहेको ...