Posts

  वेभ्सको निम्ति पञ्जिकरण   21   देखि   23   अप्रेलसम्म तीन दिनको निम्ति पुनः खोलिएको छ   आवेदन बुझाएर पञ्जिकरण गराउन मिडियाकर्मीहरूलाई अन्तिम आह्वान मुम्बई : मिडिया समुदायबाट देखाइएको इच्छालाई ध्यानमा राख्दै विश्व श्रव्य-दृश्य एवं मनोरञ्जन शिखर सम्मेलन (वेभ्स)   2025   ले मिडिया प्रतिनिधिहरूका लागि पञ्जिकरण   21   अप्रेल (सोमबार) , 22   अप्रेल (मङ्गलबार) र   23   अप्रेल (बुधबार) गरी तीन दिनसम्मको निम्ति पुनः खोलिरहेको छ। मिडिया प्रतिनिधि ,  फोटोग्राफर अनि डिजिटल सामग्री रचनाकारहरूका लागि ,  मुम्बईमा   1-4   मई , 2025   सम्म आयोजित हुने बहुप्रतीक्षित मिडिया एवं मनोरञ्जन (एम एवं ई) कार्यक्रमको निम्ति आवेदन गर्ने यो अन्तिम अवसर रहनेछ। तपाईंहरूको कभरेजले भारतको रचनात्मक अर्थनीतिलाई वैश्विक मञ्चसम्म विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। पञ्जिकरणको लिङ्क :   https://app.wavesindia.org/ register/media . यदि पूर्वको समय सीमामा गुमाएको भए ,  यो   ” सबमिट ”  बटनमा क्लिक गरी उ...
Image
केन्द्रीय मन्त्री अश्विनी वैष्णवले वेभ्स   2025   भन्दा पहिला समाचार मिडिया सङ्गठनहरूसँग विचार-विमर्श गरे मुम्बई : रचनाकार र उनीहरूको अर्थतन्त्रको दुनियाँ एक मौलिक परिवर्तनबाट गुज्रिरहेको छ। केन्द्रीय सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले   1   देखि   4   मईसम्म मुम्बईमा हुने पहिलो विश्व अडियो भिजुअल तथा मनोरञ्जन शिखर सम्मेलनभन्दा अघि आज समाचार मिडियासँग बातचित गर्दै यो कुरा बताए। यो बातचितमा राष्ट्रिय तथा क्षेत्रीय समाचार मिडियाका लगभग   20   मिडिया हाउसहरूले भाग लिए। चुनौतीहरूको बारेमा कुरा गर्दै केन्द्रीय मन्त्रीले भने ,  प्रविधिको आगमनसँगै पुरानो मोडेलले नयाँ मोडेललाई बाटो दिइरहेको छ ,  जसले गर्दा अवसर साथ साथै चुनौतीहरू पनि पैदा भइरहेका छन्। उनले भने , ‘‘ मिडिया जगतको स्वरूप परिवर्तन भइरहेको छ र नयाँ मोडेलप्रति प्रतिक्रिया व्यक्त गर्नका लागि एक देशको रूपमा सामूहिक आवश्यकतामाथि बल दिए। ‘’ एक उदाहरण दिँदै उनले भने , ‘’ ती दिनहरू गए जब कन्टेन्ट बनाउनका लागि एक ठूलो स्टुडियोको आवश्यकता पर्थ्यो। आज झारखण्ड वा केरलाको दुर्...
  वेभ्स कसप्ले च्याम्पियनशीपका फाइनलिस्ट घोषित –  रचनात्मकता अनि प्रशंसा संस्कृतिको उत्सव मुम्बई : गत शनिबार विश्व श्रव्य-दृश्य एवं मनोरञ्जन शिखर सम्मेलन (वेभ्स) कसप्ले च्याम्पियनशीप माइण्डस्पेस सोसियलमा उजागर हुनका साथै हैदराबाद शहर रचनात्मकता अनि प्रशंसा संस्कृतिको विस्फोटको साक्षी बन्यो। एमईएआ ई ,  इण्डियन कमिक्स एसोसिएशन र क्रिएटर स्ट्रीटका साथमा ईपिको-कनद्वारा सूचना एवं प्रसारण मन्त्रालय ,  टीभीएजीए र फर्बिडन भर्सको संयुक्त तत्वावधानमा अपार सफलताका साथ आयोजित उक्त कार्यक्रम सप्ताहको अन्त्यसम्म कसप्ले समुदाय अनि एनिमे फोरमबीच बढी चर्चाको विषय बनेको थियो। राष्ट्रव्यापी खोजका साथमा हैदराबाद अनि मुम्बईमा ऊर्जाशील खोजको शृङ्खलापछि ,  आयोजकहरूले   29  अति नै प्रतिभाशाली कसप्लेयर्सको अनावरण गरेको छ ,  जसले वेभ्स कसप्ले च्याम्पियनशीपको अन्तिम चरणमा स्थान हासिल गरेका छन्। यी फाइनलिस्टहरूले वेभ्स   2025  को दिन किएटोस्फीयरमा आफ्नो कौशल अनि रचनात्मकता प्रदर्शित गर्नेछन्। फर्बिडन भर्सका संस्थापक तथा कसप्ले कार्यक्रमका आयोजकमध्ये एक रहेका ...
Image
गेम ज्यामको मार्ग : भारतका शीर्ष युवा गेम डेभेलपर्स वेभ्स समि ट 2025  मा आफ्नो प्रतिभा देखाउन तयार नयाँ दिल्ली : परिचय भारतको सबैभन्दा नवोन्मेषी गेम डेभेलपर्सद्वारा   “ रोड टु गेम ज्याम ” को शीर्ष   10  खेलको घोषणाका साथै मुख्य समाचारमा आफ्नो स्थान पक्का गरेका छन् ,  जुन भारत सरकारको विश्व श्रव्य-दृश्य मनोरञ्जन शिखर सम्मेलन (वेभ्स) अन्तर्गत   “ क्रिएट इन इण्डिया च्यालेञ्ज   –  सिजन- 1” को मुख्य आकर्षण हो। यी असाधारण शीर्षकहरूलाई   1-4  मई , 2025  सम्म मुम्बईमा हुने वेभ्स शिखर सम्मेलनमा प्रदर्शित गरिनेछ ,  जसमा गेमिङको भविष्यलाई आकार दिने रचनात्मकताको उत्सव मनाइनेछ। “ रोड टु गेम ज्याम ”  भारतका गेम डेभेलपर्सका लागि आफ्नो रचनात्मकता अनि नवाचार प्रदर्शित गर्ने एउटा रोमाञ्चक अवसर हो। गेम डेभेलपर्स एसोसिएशन अफ् इण्डिया (जीडीआई)-द्वारा केजीईएनको (क्रेटोस् गेमर नेटवर्क) सहयोगमा आयोजित यो पहल वेभ्सको स्तम्भ   दुई अन्तर्गत पर्दछ ,  जुन एभीजी-एक्स-आरमा (एनिमेशन ,  भिजुअल ईफेक्ट्स ,  गेमिङ र कमिक्स साथै अगमेन...