Posts

Image
 “ मन की बात “ को ताजा शृङ्खलामा प्रधानमन्त्रीले गरे मोटोपनविरुद्ध सामूहिक कार्वाहीको आह्वान  नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले बढ्दो मोटोपनलाई सम्बोधित गर्न अपर्झट आवश्यताको उल्लेख गर्दै खाने तेलको खपत घटाउने अभियान चलाउन प्रतिष्ठित व्यक्तित्त्वहरू मनोनित गरेका छन्। यस अभियानलाई अझ व्यापकता प्रदान गर्न उनीहरू प्रत्येकलाई थप १० जना व्यक्ति मनोनित गर्न पनि आग्रह गरेका छन्। आफ्नो एक्स पोस्टमा उनी लेख्छन् : “ हिजो  #MannKiBaat  मा उल्लेख गरिए अनुरूप , म मोटोपन विरुद्धको अभियानलाई प्रबल बनाउनका साथै खाने तेलको खपत घटाउने सम्बन्धी जागरूकता फैलाउन म तल उल्लेखित व्यक्तित्त्वहरूलाई मनोनित गर्न चाहन्छु। यसका साथै हाम्रो आन्दोलनलाई अझ व्यापक बनाउन प्रत्येकलाई थप १० जना मनोनित गर्न पनि अनुरोध गर्न चाहन्छु। ” @anandmahindra @nirahua1 @realmanubhaker @mirabai_chanu @Mohanlal @NandanNilekani @OmarAbdullah @ActorMadhavan @shreyaghoshal @SmtSudhaMurty   मिलेर हामी , भारतलाई तन्दुरुस्त अनि स्वस्थ बनाऔं।  #FightObesity” -  पीआईबी ...
Image
नेपमेलो ‘ सिंगर्स अन माइक ’ अन्तर्गत रामचन्द्र काफ्लेको ‘ ओइ मेरी कान्छी ’ सार्वजनिक काठमाडौं : नेपमेलो म्यु जि कले नयाँ अवधारणासहित शुरु गरेको नयाँ शो ‘ सिंगर्स अन माइक ’ अन्तर्गत वरिष्ठ गायक रामचन्द्र काफ्लेको गीत ‘ ओइ मेरी कान्छी ’ सार्वजनिक भएको छ। गीतको अन्त्यतिर गायिका मनीषा सुनारले उनलाई साथ दिएकी छिन्। सार्वजनिक गीतमा शब्द तथा सङ्गीत गायक तथा सङ्गीतकार सुमन ताम्राकारको रहेको छ। सङ्गीतलाई प्रविधिसँग जोड्ने क्रममा ‘ सिंगर्स अन माइक सिजन ’ कार्यक्रम वास्तविक रियालिटी सो भने होइन , तर यो रियालिटी सो मोडेलमा निर्माण गरिएको छ। शोको पहिलो एपिसोडमा बुटवलकी सुजाता पाण्डेले प्रस्तुति दिएकी थिइन्। नेपमेलोको स्टेजमा गायक रामचन्द्र काफ्लेको लाइभ प्रस्तुति हेर्न सकिन्छ। यो स्टेजका लागि एक वर्षको अवधिमा २४ वटा गीतहरू तयार पारिएका छन् , जसमा गायक-गायिकाहरू स्वयम् स्टेजमा प्रत्यक्ष रूपमा देखिनेछन्। अहिले अधिकांश गीत हिट भए पनि यथार्थमा कसले गाएको हो भन्ने दर्शक-श्रोताले थाहा पाउने मौका नपाउने समस्या रहँदै आएको छ। यही समस्या समाधान गर्दै ‘ सिंगर्स अन माइक ’ ले जो गायक हो , उनैलाई स्टेजमा प्र...
Image
सीआ ई पीएमसीद्वारा पाकिमको पारखामा आइपीएममाथि मानव संसाधन विकास कार्यक्रम आयोजना गान्तोक : फसल-बालीमा कीरा ,  रोग अनि निमाटोडको गैर रासायनिक प्रबन्धन प्रोत्साहित गर्न आई पीएम तकनिकीको कार्यान्वयन अति महत्त्वपूर्ण ठहर्दछ भने दिगो जैविक खेतीको दिशामा यो एक मात्र मार्ग हो। यसै कुरालाई ध्यानमा राख्दै केन्द्रीय आई पीएम केन्द्र ,  गान्तोकद्वारा   19   र   20   फरवरी को दिन पाकिम जिल्ला अन्तर्गत पारखा बीएसीमा एकिकृत कीरा प्रबन्धनमाथि पचासभन्दा धेरै प्रगतिशील कृषक अनि राज्य सरकारका अधिकारीहरूका लागि दुई दिने मानव संसाधन विकास कार्यक्रम आयो जना गरियो। कार्यक्रम सिक्किमका मध्यम कृषकहरूका लागि फसल-बालीमा एकिकृत कीरा प्रबन्धनका चलनहरूबारे जागरूकता फैलाउन केन्द्रित रहेको थियो। राज्य सरकारको कृषि एवं बागवानी विभागका अधिकारीहरूको समावेशनले यस चलनलाई व्यापकता प्रदान गर्ने सुनिश्चित भएको थियो। सीआइपीएमसी ,  गान्तोक कार्यालयका उपनिर्देशक डा एके चक्रवर्तीले सबै प्रतिभागीलाई स्वागत जनाउँदै कीराको सङ्ख्यालाई सक्दो कम क्षति पुऱ्याउने स्थितिमा नियन्त्रित गर्न उपयोग गर्ने सब...
Image
पूर्वोत्तर राज्यहरूमा राष्ट्रिय उपभोक्ता हेल्पलाइनमा (एनसीएच) अभूतपूर्व वृद्धि अरुणाचल प्रदेशमा 2024 मा 15,860 उपभोक्ता उजुरी दर्ता गान्तोक: उपभोक्ता मामिला विभागको पहल रहेको राष्ट्रिय उपभोक्ता हेल्पलाइनले (एनसीएच) भारतको पूर्वोत्तर क्षेत्रमा अभूतपूर्व सफलता हासिल गरेको छ। क्षेत्रका राज्यहरूमध्ये अरुणाचल प्रदेशले असाधारण प्रदर्शनी गर्दै उल्लेखनीय सङ्ख्यामा उपभोक्ताको उजुरी दर्ता अनि समाधान गर्न सपलता हासिल गरेको छ। विभिन्न माध्यमद्वारा एनसीएचसमक्ष गुहार लगाउन पुग्ने उपभोक्ताहरूको सङ्ख्या वर्ष  2020 को केवल 318 बाट असाधारण रूपमा बढ्दै 2024 मा 15,860 उजुरी दर्ता भएको छ। अरुणाचल प्रदेशको प्रगतिले अभिनव लोकसम्पर्क पहल अनि प्राविधिक हस्तक्षेपको परिणामस्वरूप उपभोक्ताहरूमा जागरूकता बढ्नका साथै एनसीएच मञ्चप्रति विश्वास बढेको दर्शाउँदछ। यस सफलताले विभागद्वारा उपभोक्ताहरूमा जागरूकता बढाउन ग्रहण गरिएका विविध पहलकासाथमा देशको सबैभन्दा चुनौतीपूर्ण भौगोलिक क्षेत्रमा प्रभावी उजुरी सुनुवाई तन्त्रको सामूहिक परिणाम प्रतिबिम्बित गर्दछ। विशिष्ट जनसाङ्ख्यिकी अनि सामाजिक-आर्थिक चुनौतीले भरिएका पूर्वो...
Image
उत्तर सिक्किमको लाचुङमा हिमपातपछि मनमोहक दृश्य तस्वीर: तरुण सुब्बा, लाचुङ               
Image
सिक्किमको जैव विविधतालाई संरक्षित गर्नमा बीएसआईको महत्त्वपूर्ण भूमिका गान्तोक: भारतीय वनस्पति सर्वेक्षण (बीएसआई) मा सिक्किम हिमालयन क्षेत्रीय केन्द्रका प्रमुख डा राजीव गोगोईले आकाशवाणी गान्तोकसँग बीएसआईको भूमिका ,  सिक्किमका वनस्पति र जीवजन्तु तथा सिक्किमको जैव विविधतामा सुधार गर्न सम्भावित उपायहरूबारे चर्चा गरेका छन्। अन्तर्वार्ता मानस प्रतिम शर्माद्वारा आयोजन गरिएको थियो। डा गोगोईले बीएसआईको कार्यादेश ,  सङ्गठनले राष्ट्रिय वनस्पतिका साथ साथै राज्य वनस्पतिहरूलाई कसरी प्रकाशित गर्दछ तथा भारतका विभिन्न क्षेत्रहरू ,  मुख्य रूपमा राष्ट्रिय निकुञ्ज र वन्यजन्तु अभयारण्यहरूको संरक्षणमा प्राथमिकता निर्धारण संयन्त्रहरू कसरी सामेल छन् भन्नेबारेमा व्याख्या गरे। डा गोगोईले औषधीय र अन्य जङ्गली बोटबिरुवाहरूको संरक्षण गर्न संरक्षकहरूलाई मद्दत गर्ने बीएसआईको भूमिकालाई पनि प्रकाश पारे। उनले भने , ‘ बीएसआईका दुई मुख्य कार्यादेशहरू छन्: प्राथमिक र द्वितीयक। आफ्नो प्राथमिक कार्यादेशको एक हिस्साको रूपमा बीएसआई भारत सरकारको पर्यावरण ,  वन तथा जलवायु परिवर्तन मन्त्रालय अन्तर्गतको एक मा...