Posts

Image
  साहित्यकार प्रवीण खालिङको ‘चिया गफ’ ‘विमल गुरुङ कृति पुरस्कार’ का लागि शिर्ष १० कृतिमा  सामेल गान्तोक: नेपालको धरान – १८ बुद्धचोकस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले ‘ विमल गुरुङ कृति पुरस्कार – २०८० ’ कालागि छनौट गरेको दश श्रेष्ठ कृतिहरूको नाम शुक्रबार सार्वजनिक गरेको छ। जसमा सिक्किम भारतका साहित्यकार प्रवीण खालिङको निबन्ध संग्रह पनि परेको छ।   छनौटमा परेका अन्य कृतिमा दाजु गुरुङको उपन्यास निरजोया , अभय श्रेष्ठको कवितासंग्रह लहना र तीर , गगन योक्पाङ्देनको कविता संग्रह केवाफुङ्को गीत , मोमिलाको निबन्ध संग्रह प्रश्नहरू त बाँकी नै रहन्छन् , जसकुमार राई र अर्जुन उप्रेतीको संयुक्त लेखन रहेको रत्न बान्तवाको जीवनी नेपालमा सुरुङ युद्ध ,  इन्दु नेपाल योन्जनको कविता संग्रह अन्तिम सेलो , प्रकाश थाम्सुहाङको निवन्ध संग्रह शब्दथुम , अखण्ड भण्डारीको उपन्यास बोरा , मन्जुला तामाङ सुव्वाको कविता संग्रह कुहिरो भित्र घुम जोरबङ्गलो रहेका छन्। पुरस्कारको निम्ति स्वदेश र विदेशमा नेपाली भाषामा प्रकाशित १०१ पुस्तक प्राप्त भएको पुस्तकालयले जनाएको छ। यिनै १० कृति मध्ये एक कृतिलाई ताम्...
Image
चलचित्र ' कर्मा ' ११ अप्रेल २०२५ मा रिलिज हुने , विपीन कार्की मुख्य भूमिकामा काठमाडौं: चलचित्र ‘ कर्मा ’ ले अभिनेता विपीन कार्की मुख्य भूमिकामा अनुबन्धित गराउँदै आफ्नो प्रदर्शन मिति घोषणा गरेको छ। निर्माणपक्षले जानकारी दिएअनुसार यो चलचित्र आगामी ११ अप्रेल २०२५ (चैत २९ गते)बाट प्रदर्शनमा आउनेछ। चलचित्रको रिलिज मिति अनाउन्समेन्ट पोस्टरमा विपीनलाई जिममा कसरत गरिरहेको देखाइएको छ , जसले चलचित्रमा उनको शारीरिक रूपमा फिट र बलियो भूमिकामा देखिने संकेत गर्छ। ‘ कर्मा ’ को निर्देशन सौरभ चौधरीले गर्दैछन् , उनले यसअघि चलचित्र ‘ अगस्त्य: च्याप्टर – १ ’ को निर्देशन गरेर निकै तारिफ पाएका थिए। निर्देशक चौधरीको तेस्रो निर्देशन रहेको यस चलचित्रको कथा पनि उनले नै लेखेका हुन्। चलचित्र एक्सन ड्रामा जनरामा निर्माण हुने बताइएको छ। चौधरीका अनुसार यस चलचित्रमा अभिनेता विपीनलाई एक्शन भूमिकामा देख्न पाइनेछ। आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘ कर्मा ’ मा बसन्त लम्सालले लगानी गर्नेछन्। चलचित्रको छायांकन मङ्सिर दोस्रो सातापछि शरु हुने निर्माणपक्षले जानकारी दिएको छ। अन्य कलाकारहरूको अनुबन्ध जारी रहेक...
Image
‘ पूर्ण बहादुरको सारङ्गी ’ को ट्रेलर सार्वजनिक (भिडियोसहित) काठमाडौं: अक्टोबर ३१ (कात्तिक १५ गते)मा   रिलिज हुने बहुप्रतिक्षित नेपाली चलचित्र ‘ पूर्ण बहादुरको सारङ्गी ’ को ट्रेलर सार्वजनिक भएको छ। आज एक कार्यक्रम गर्दै निर्माणपक्षले ट्रेलर सार्वजनिक गरेको हो। ट्रेलरमा गन्दर्भ समुदायको पुर्ख्यौली पेशा , दुःख , प्रेम , बिछोड र शैक्षिक अवस्थालाई देखाइएको छ। गन्धर्व भएकै कारण उनीहरुलाई समाजले कसरी भुइँमान्छे बनाइरहेको छ भन्ने कथा ट्रेलरमा देख्न सकिन्छ। सरोज पौडेलको कथा तथा निर्देशन रहेको चलचित्रमा विजय बराल , मुकुन भुसाल , अञ्जना बराइली , प्रकाश सपूतलगायत कलाकारको अभिनय देख्न सकिन्छ। चलचित्रमा बुद्धि तामाङ , माओत्से गुरुङ , देशभक्त खनाल , भोलाराज सापकोटा , विनोद न्यौपाने , अलिसा बास्तोला , स्वायम् केसी , जान्वी पौडेललगायतको अभिनय छ। सेभेन सिज सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको यो चलचित्रको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् , भने कार्यकारी निर्माता रमेश चौलागाईं , हरि श्रेष्ठ , र रमेश ढकाल रहेका छन्। चलचित्रमा ‘ पूर्ण बहादुरको सारङ्गी ’ गन्धर्व समुदायको जीवन र सामाजिक ...
Image
  ‘ एक्टर: टेक वन ’ को प्रदर्शन मिति सर्यो काठमाडौं : अदृत फिल्मस् र मोती फिल्मसले   संयुक्त रूपमा निर्माण गरेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘ एक्टर: टेक वन ’ को प्रदर्शन मिति हेरफेर गरिएको छ। पूर्व निर्धारित मिति कार्तिक १५ (अक्टोबर ३१ , २०२४) मा सार्वजनिक प्रदर्शनमा ल्याउने योजना भए पनि , मानवीय र प्राविधिक समस्याका कारण सो मिति स्थगित गरिएको हो। अब यो चलचित्र माघ १६ , २०८१ , (२९ जनवरी २०२५) बुधबारका दिन प्रदर्शन हुने निर्माण पक्षले घोषणा गरेको छ। चलचित्र निर्माण टोलीका सदस्यहरूको स्वास्थ्यमा समस्या देखिएको र केही प्राविधिक कठिनाइहरू उत्पन्न भएकाले प्रदर्शन मिति पर सार्नु परेको निर्माण पक्षले जनाएको छ। चलचित्रको उत्कृष्टता र दर्शकहरूको सन्तुष्टिलाई ध्यानमा राख्दै यी समस्याहरू समाधान गर्दै अझै परिष्कृत रूपमा दर्शकमाझ चलचित्र पुर्‍याउने उद्देश्यका साथ नयाँ मिति तय गरिएको हो। निर्माण पक्षले यो निर्णयले वितरक , चलचित्र प्रेमी दर्शकहरू , र अन्य सरोकारवालाहरूमाझ असुविधा पुगेकोमा क्षमा माग्दै नेपाली चलचित्रलाई निरन्तर माया गर्ने दर्शकहरूलाई समर्थन र धैर्यता देखाउन आग्रह गरेको...
Image
समुन्द्र भट्टको फिल्म ‘ गुन्युचोलो ’ अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट   काठमाडौं: लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको नेपाली फिल्म ‘ गुन्युचोलो ’ अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट भएको छ। समुन्द्र भट्टले निर्देशन गरेको फिल्म अक्टोबर १५ देखि १८ सम्म अमेरिकाको सियाटलमा आयोजना हुने अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट भएको हो। जहाँ अमेजन एमजीएम स्टुडियो , पिलर्स फण्ड , ब्लुमहाउस एचबीओ , सीएए , क्रिएटिभ ल्याण्ड स्टुडियो जस्ता प्रतिष्ठित फिल्म संस्थाहरू पनि सहभागी हुनेछन्। यस वर्षदेखि फिल्म मार्केट पनि शुरु गर्न लागेको तस्वीर फिल्म मार्केटले दक्षिण एसियाली डायस्पोराका फिल्म निर्माता र सर्जकलाई लक्षित गर्दै उनीहरूलाई फिल्म विकास र वितरणका लागि आवश्यक स्रोतहरू प्रदान गर्ने उद्देश्य राखेको छ। तस्वीर फिल्म फेस्टिभलका संस्थापक र निर्देशक रीता मेहरले मार्केटको थालनीलाई निकै सकारात्मक मानेकी छिन्। उनले यस फेस्टिभललाई अस्कर योग्य दक्षिण एसियाली फिल्म फेस्टिभलको रुपमा हेर्दै फिल्म निर्माताहरूका लागि यो महत्वपूर्ण अवसर हुने बताएकी छन्। फि...
Image
‘भन कति चाहियो माया’ गीतको म्युजिक भिडियो सार्वजनिक (हेर्नुहोस् भिडियो) काठमाडौं: गायक हिमाल सागर र मनिसा सुनारको आवाजमा ‘भन कति चाहियो माया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। सन्तोष दाहालको शब्द , विशाल निरौलाको संगीत तथा एरेन्ज रहेको छ। १२ वर्ष पछि अभिनयमा फर्किएकी मोडल जोस्ना फुयालले भिडियोमा अहिलेका चर्चित मोडल बिक्रम बुढाथोकीसँग जोडी बाँधेर पर्दामा आएकी हुन्। सुरेश काफ्लेको छायांकन रहेको म्युजिक भिडियोको निर्देशक कृष्ण पौडेल हुन भने प्रवीण थापाले उक्त भिडियोको कोरीयोग्राफी गरेको हुन्। बिष्णु खड्काको सम्पादन रहेको भिडियोलाइ   एबी ड्रीम क्रिएशन युट्युब च्यानलले बजारमा ल्याएका हुन। -विशाल   गुरुङ
Image
‘ एक्टर: टेक वान ’ को पहिलो गीत ‘ दिन बित्ला ’ सार्वजनिक (हेर्नुहोस् भिडियो) काठमाडौं:  चलचित्र  ‘ एक्टर: टेक वान ’  को पहिलो गीत  ‘ दिन बित्ला ’  सार्वजनिक भएको छ। रोमान्टिक भावको यस गीतमा सनिश श्रेष्ठ र प्रीति कौरको आवाज छ ,  शब्द राजेश कुमार श्रेष्ठ र संगीत एलिश कार्कीले दिएका छन्। शैलेन्द्र प्रधान (बाबु)ले एरेन्ज गरेका गीतले प्रेममा रहेका दुई व्यक्तिको सम्बन्धलाई समयको यात्रासँग जोडेर प्रस्तुत गरेको छ ,  जसले उनीहरूको जीवनभरको साथको भावना व्यक्त गर्छ। शिशिर खातीले कोरियोग्राफी गरेको गीतको भिडियोमा सुपरस्टार प्रदीप खड्का र नव-अभिनेत्री दिव्या रायमाझी आकर्षक शैलीमा देखिएका छन्। यो चलचित्रबाट अभिनय यात्रा शुरु गरेकी दिव्यालाई ‘ बोल्ड एण्ड ब्यूटिफूल ’ रूपमा प्रस्तुत गरिएको छ। उनी चर्चित अभिनेता दिलीप रायमाझीकी छोरी हुन् र अमेरिकाबाट नेपाल फर्केर आफ्नो करियरको शुरुवात गरेकी हुन्। गीतको भिडियोमा प्रदिप र दिव्याको केमेस्ट्रीले दर्शकलाई मोहित बनाउने अपेक्षा गरिएको छ।  चलचित्र ‘ एक्टर: टेक वान ’ को टिजर पहिले नै लोकप्रिय बनेको छ , जसले दर्शकहरूको उत्सु...