काठमाडौं: चलचित्र ‘कर्मा’ले अभिनेता विपीन कार्की मुख्य भूमिकामा अनुबन्धित गराउँदै आफ्नो प्रदर्शन
मिति घोषणा गरेको छ। निर्माणपक्षले जानकारी दिएअनुसार यो चलचित्र आगामी ११ अप्रेल
२०२५ (चैत २९ गते)बाट प्रदर्शनमा आउनेछ। चलचित्रको रिलिज मिति अनाउन्समेन्ट
पोस्टरमा विपीनलाई जिममा कसरत गरिरहेको देखाइएको छ, जसले
चलचित्रमा उनको शारीरिक रूपमा फिट र बलियो भूमिकामा देखिने संकेत गर्छ। ‘कर्मा’को निर्देशन सौरभ चौधरीले गर्दैछन्, उनले यसअघि चलचित्र ‘अगस्त्य: च्याप्टर–१’को निर्देशन गरेर निकै तारिफ पाएका थिए। निर्देशक
चौधरीको तेस्रो निर्देशन रहेको यस चलचित्रको कथा पनि उनले नै लेखेका हुन्। चलचित्र
एक्सन ड्रामा जनरामा निर्माण हुने बताइएको छ। चौधरीका अनुसार यस चलचित्रमा अभिनेता
विपीनलाई एक्शन भूमिकामा देख्न पाइनेछ। आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा बसन्त लम्सालले लगानी गर्नेछन्। चलचित्रको
छायांकन मङ्सिर दोस्रो सातापछि शरु हुने निर्माणपक्षले जानकारी दिएको छ। अन्य
कलाकारहरूको अनुबन्ध जारी रहेकाले निकट भविष्यमा उनीहरूको नाम सार्वजनिक गरिने
निर्देशक चौधरीले बताए। निर्देशक सौरभ चौधरीलाई ‘अगस्त्य:
च्याप्टर–१’बाट दर्शकहरू र
समीक्षकहरूको राम्रो प्रतिक्रिया प्राप्त भएको थियो, जसले
गर्दा ‘कर्मा’प्रति पनि उच्च अपेक्षा
गरिएको छ।
चलचित्र 'कर्मा' ११ अप्रेल २०२५ मा रिलिज हुने,
विपीन कार्की मुख्य
भूमिकामा
Comments
Post a Comment