
साहित्यकार प्रवीण खालिङको ‘चिया गफ’ ‘विमल गुरुङ कृति पुरस्कार’ का लागि शिर्ष १० कृतिमा सामेल गान्तोक: नेपालको धरान – १८ बुद्धचोकस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले ‘ विमल गुरुङ कृति पुरस्कार – २०८० ’ कालागि छनौट गरेको दश श्रेष्ठ कृतिहरूको नाम शुक्रबार सार्वजनिक गरेको छ। जसमा सिक्किम भारतका साहित्यकार प्रवीण खालिङको निबन्ध संग्रह पनि परेको छ। छनौटमा परेका अन्य कृतिमा दाजु गुरुङको उपन्यास निरजोया , अभय श्रेष्ठको कवितासंग्रह लहना र तीर , गगन योक्पाङ्देनको कविता संग्रह केवाफुङ्को गीत , मोमिलाको निबन्ध संग्रह प्रश्नहरू त बाँकी नै रहन्छन् , जसकुमार राई र अर्जुन उप्रेतीको संयुक्त लेखन रहेको रत्न बान्तवाको जीवनी नेपालमा सुरुङ युद्ध , इन्दु नेपाल योन्जनको कविता संग्रह अन्तिम सेलो , प्रकाश थाम्सुहाङको निवन्ध संग्रह शब्दथुम , अखण्ड भण्डारीको उपन्यास बोरा , मन्जुला तामाङ सुव्वाको कविता संग्रह कुहिरो भित्र घुम जोरबङ्गलो रहेका छन्। पुरस्कारको निम्ति स्वदेश र विदेशमा नेपाली भाषामा प्रकाशित १०१ पुस्तक प्राप्त भएको पुस्तकालयले जनाएको छ। यिनै १० कृति मध्ये एक कृतिलाई ताम्...