Posts

Image
फिल्म ‘ पूर्ण बहादुरको सारङ्गी ’ को छायांकन शुरु काठमाडौं: फिल्म ‘ पूर्ण बहादुरको सारङ्गी ’ को छायांकन शुरु गरिएको छ। सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको फिल्मको ओखलढुङ्गा जिल्लाको रुम्जाटारबाट शुरु गरिएको हो। फिल्मको ओपनिङ दृश्य गायक तथा कलाकार प्रकाश सपूत र बालकलाकार जान्भि पौडेल दिएका थिए। कलाकारहरूको लाइनअप बलियो रहेको ‘ पूर्ण बहादुरको सारङ्गी ’ मा विजय बराल , प्रकाश सपूत , मुकुन भुसाल , अञ्जना बराइलीको मुख्य भूमिका रहेको छ। यस्तै , फिल्ममा विनोद न्यौपाने , भोलाराज सापकोटा , बुद्धि तामाङ , माओत्से गुरुङ र देशभक्त खनाल लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ। यस्तै यो फिल्मको बालकलाकारमा जान्भि पौडेल र स्वायम् केसीको अभिनय रहने छ। फिल्मका लेखन तथा निर्देशन सरोज पौडेल हुन्। फिल्ममा उनकै लेखक रहेको छ। सोसल – ड्रामा जनरामा बन्ने फिल्म गन्धर्व परिवारको कथामा आधारित रहनेछ। यस फिल्मलाई अन्तर्राष्ट्रिय रुपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको हो।  फिल्ममा कलाकारहरुको भूमिका बारेमा अहिले केही पनि खुलाइएको छैन। अहिलेसम्म अनुबन्धित भएका सबैकलाक...
Image
आईएनएस रजालीमा नौसेना पाइलटहरूको पासिङ आउट परेड सब-लेफ्टिनेन्ट अनामिका बी राजीव ' पहिलो महिला नौसेना हेलिकप्टर पाइलट ' को रूपमा स्नातक नयाँ दिल्ली: १०२औं हेलिकप्टर कन्वर्जन कोर्स (एचसीसी ) को स्नातक र   ७ जून २०२४ मा नौसेना एयर स्टेसन- आईएनएस रजाली , तमिल , अरकोनममा चौथो आधारभूत हेलिकप्टर कन्वर्जन कोर्स (बीएचसीसी ) को चरण (१ ) प्रशिक्षणको समापनको सम्झनामा पासिङ आउट परेड आयोजना गरियो।  पूर्वी नौसेना कमाण्डका फ्ल्याग अफिसर कमाण्डिङ-इन-चीफ वाइस एडमिरल राजेश पेंढारकरले ०३ बीएचसीसीका तीन अधिकारीसहित २१ जना अधिकारीहरूलाई प्रतिष्ठित ‘गोल्डेन विङ्गस’ प्रदान गरे। थप रूपमा ०४ आधारभूत रूपान्तरण पाठ्यक्रम (बीसीसी ) अधिकारीहरूले सफलतापूर्वक आफ्नो चरण (१ ) प्रशिक्षण पूरा गरे। यो पासिङ आउट परेडले भारतीय नौसेना , भारतीय नौसेना वायु स्क्वाड्रन ५६१ का सबै हेलिकप्टर पाइलटहरूको अल्मा मेटरमा कडा उडान र ग्राउन्ड प्रशिक्षण समावेश गर्दै २२ हप्ताको गहन प्रशिक्षण कार्यक्रमको सफल समापन भएको चिन्ह लगाइयो। लैङ्गिक समावेशीता र महिलाहरूको लागि करियर अवसरहरू विस्तार गर्न भारतीय नौसेनाको प्रतिबद्धतालाई उजा...
Image
उत्तर सिक्किमको महत्वपूर्ण तुङ पुल निर्माण अन्तिम चरणमा: यसै महिनाको अन्त्यसम्ममा सवारीसाधन चलाउन अनुमति दिइने गान्तोक: उत्तर सिक्किमको टिस्टा नदीको जलातङ्कले  भत्किएको महत्वपूर्ण तुङ पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। गएको चार महिनादेखि विभिन्न विवादका कारण काम अघि बढ्न नसके पनि सीमा सडक संगठन (बीआरओ) र सरकारको पहलमा केही दिनमै टुङ पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। जसका कारण यस क्षेत्रका सर्वसाधारणमा खुशीको लहर छाएको छ। पर्यटन व्यवसायीहरूले पनि खुशी प्रकट गरेका छन्। बीआरओको आधिकारिक स्रोतका अनुसार, यस महिनाको अन्त्यसम्ममा तुङदेखि चुङ्थाङ जोड्ने यो महत्वपूर्ण पुलबाट सवारीसाधन आवागमन सम्भव हुनेछ। पुलको अर्कोतर्फ, तुङतर्फको सडक पनि टिस्टाको बाढीमा बगेकाले त्यहाँ पनि काट्ने काम जारी रहेकोले पुल तयार भएपछि सडक सञ्जालमा सुधार हुनेछ। अहिले अन्य   साँघुरो बाटो प्रयोग गरी टाढाबाट पर्यटकका सवारीसाधन आवतजावत गरिरहेका छन्   यस्तो अवस्थामा प्रायः जोखिम मोल्न परिरहेको छ। अर्कोतर्फ , यो रणनीतिक रूपमा महत्त्वपूर्ण पोखरी सेनाको लागि पनि आवश्यक छ। जसले उत्तर सिक्किमको चुङथा...
Image
भारतीय सेनाद्वारा ह्वाइट वाटर ऱ्याफ्टिङ अभियान सञ्चालन गान्तोक: भारतीय सेनाको रेजिमेन्ट अफ आर्टिलरी , आर्मी एडभेन्चर विङको सहयोगमा देशका सबै राफ्टेबल नदीहरू कभर गर्ने व्हाइट वाटर ऱ्याफ्टिङ अभियानहरूको शृंखला सञ्चालन गर्न यात्रा शुरु गरेको छ। यी अभियानहरू २८ सेप्टेम्बर २०२६ मा मनाइने आर्टिलरीको रेजिमेन्टको द्विशतवार्षिकीसम्म सञ्चालन गरिनेछ। २५ मईदेखि ५ जून २०२४ सम्मको रोमाञ्चक यात्रा पछि शृङ्खलाको पहिलो आरोहण विजयी रूपमा सम्पन्न भयो। मन्दाकिनी , अलकनन्दा , भागीरथी र गंगा नदीहरूको चुनौतीपूर्ण पानीहरूलाई पार गर्दै यो अभियान ऋषिकेश-देवप्रयाग-रुयप्रयाग-श्रीनगरमा ६ चरणहरूमा फैलिएको थियो।  यस यात्राले करिब तीन सय किलोमिटरको दूरी समेटेको छ। लेफ्टिनेन्ट कर्णेल बीएन झा नेतृत्वको उक्त अभियानका लागि टोलीमा दुई जना अधिकृत , एक जना जेसीओ र २१ जना अन्य श्रेणीका अधिकारीहरू थिए। रुद्रप्रयागबाट शुरु भएको यो यात्रा ऋषिकेशको वीर भद्र ब्यारेजमा टुङ्गिएको थियो। यस अभियानको मुख्य उद्देश्य सेवारत कर्मचारीहरूमा हौसला र प्रेरणाको भावना जगाउनु रहेको थियोl उनीहरूलाई उनीहरूको सीमाभन्दा बाहिर बढाउनक लागि प्रोत...
Image
बदमताममा प्लास्टिकमुक्त समाज निर्माणको संकल्प गर्दै विश्व पर्यावरण दिवस पालन बदामताम: दार्जीलिङको लेबोङ- बदामताम समष्टि अन्तर्गत बदामताम ग्राम पञ्चायतद्वारा आज विश्व पर्यावरण दिवस पालन गरियो। यो कार्यक्रम बालबालिकाहरूको विकास र सुरक्षामा काम गर्दै आएको गैर सरकारी संस्था चाइल्ड इन नीड इन्स्टिच्युट (सिनी)सँगको सहकार्यमा पालन गरियो। ग्राम पञ्चायत र चिया बगानका सदस्यहरू , आईसीडीएस , स्वनिर्भर समूह , पीआरआई सदस्यहरू , विद्यालयका अधिकारीहरू , शिक्षकहरू , विद्यार्थीहरू र समुदायका सदस्यहरूले पञ्चायत क्षेत्र , बदामताम हाई स्कूल र बदामताम प्राथमिक विद्यालय साथै समाजलाई प्लास्टिकमुक्त बनाउन सरसफाइ अभियान सञ्चालन गरे। पञ्चायत सचिव उप प्रधान , एडब्लुडब्लु , विद्यालयका शिक्षकहरूले ग्राम पञ्चायत र विद्यालय वरिपरि बिरुवा रोपे। कार्यक्रमको मुख्य उद्देश्य यस क्षेत्रलाई पैह्रोबाट जोगाउन प्लाष्टिक प्रदुषणको असरबारे समुदाय र बालबालिकामा चेतना जगाउनु रहेको थियो। पहाडी क्षेत्र भएकोले पैह्रोको जोखिम सधैं हुनेहुँदा वर्षायाममा बालबालिका तथा समुदायले ठूलो समस्या भोग्नुपरेको छ। त्यसैले यस क्षेत्रलाई प्लाष्टिक मुक...
Image
खरसाङ नगरपालिकामा शहरलाई सफा अनि स्वच्छ राख्न विशेष सभा सम्पन्न खरसाङ: खरसाङ नगरपालिकाले खरसाङ शहरलाई सफाअनि स्वच्छ राख्नका लागि सरसफाईलाई प्रमुखता दिँदै खरसाङ नगरपालिकामा जागरुकता सभा आयोजना गर्यो। सो सभा खरसाङ नगरपालिकाका उपाध्यक्ष सुवास प्रधानको अध्यक्षता अनि सेनिटेरी इन्स्पेक्टर रमेश सुब्बाको सञ्चालनमा सम्पन्न भयो। सभा खरसाङ शहरलाई सफा अनि स्वच्छ राख्नलाई एसडब्ल्युएम प्रोजेक्टअनुसार सरसफाई र फोहोरमैला व्यवस्थापन विषयलाई लिएर मासिक रूपमा गर्ने गरिन्छ। सभामा बोल्दै सेनिटेरी इन्स्पेक्टर रमेश सुब्बा अनि  खरसाङ नगरपालिकाका उपाध्यक्ष सुवास प्रधान (बसेका)   एसडब्ल्युएम प्रोजेक्टअनुसार खरसाङ नगरपालिकाको प्रत्येक वार्डमा सरसफाई गर्न प्रत्येक बिहान फोहोरमैला उठाउने गरिन्छ। यस फोहोरमैला उठाएर सरसफाई गर्ने कार्यलाई सराहना गर्दै मैला उठाउने विषयमा मासिक रूपमा रिपोर्ट संकलन गर्नलाई सभा राखिएको जानकारी प्राप्त भएको छ। सभामा खरसाङ नगरपालिकाका वार्डहरूमा मैला उठाउने कार्य अनि शहरलाई सफा र स्वच्छ राख्ने विषयमा चर्चा परिचर्चा गरिएको छ। यसका साथै नगरपालिका क्षेत्रमा रहेका झोडानालाहरू सरसफाई ...
Image
  देवकोटा संघको आयोजनामा साहित्यिक सभा र ‘ समय संवाद ’ सम्पन्न सिलगढी: सिलगढी देवकोटा संघ , सिलगढीको साहित्य विभागको आयोजनामा साहित्यिक सभा साथै मासिक साहित्यिक कार्यक्रम ‘ समय संवाद ’ अनि भेटघाटको कार्यक्रम संघका उपाध्यक्ष विजय सुवेदीको सभापतित्वमा सोमबार (३ जून) सम्पन्न भयो। उल्लेखनीय छ , सिलगढी देवकोटा संघले साहित्यिक , सांस्कृतिक , शैक्षिक र सामाजिक सेवाका कार्यक्रमहरू निरन्तररूपमा गर्दै आइरहेको छ। सभामा संघको मुखपत्र ‘ बाडुली ’- का मूल सम्पादक अनि सम्पादक मण्डली , सल्लाहकारहरूमाझ बाडुलीको गहनता , प्रकाशनबारे चर्चा गरियो। मूल सम्पादक प्रा. डा. कृष्णराज घतानीले यसपालीको ‘ बाडुली ’ अझै स्तरीय बनाउने पहल सम्पादक मण्डलीले गर्नुपर्छ भन्ने विचार राखे। सल्लाहकार सतीश रसाइलीले पनि आफ्नो विचार राखे। संघले प्रत्येक महिना सम्पन्न गर्दै आइरहेको मासिक साहित्यिक कार्यक्रम सँगसँगै साङ्गीतिक , सामाजिक र सांस्कृतिक कार्यक्रम ‘ समय संवाद ’ संघ भवनमै सम्पन्न भयो। साहित्य संयोजिका देविका मंग्राती राईद्वारा आयोजित अनि सञ्चालित सभापश्चात् गीत , भजन , कविता वाचनहरू प्रस्तुत गरियो। अरूणा रूचालले सुन्द...