
फिल्म ‘ पूर्ण बहादुरको सारङ्गी ’ को छायांकन शुरु काठमाडौं: फिल्म ‘ पूर्ण बहादुरको सारङ्गी ’ को छायांकन शुरु गरिएको छ। सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको फिल्मको ओखलढुङ्गा जिल्लाको रुम्जाटारबाट शुरु गरिएको हो। फिल्मको ओपनिङ दृश्य गायक तथा कलाकार प्रकाश सपूत र बालकलाकार जान्भि पौडेल दिएका थिए। कलाकारहरूको लाइनअप बलियो रहेको ‘ पूर्ण बहादुरको सारङ्गी ’ मा विजय बराल , प्रकाश सपूत , मुकुन भुसाल , अञ्जना बराइलीको मुख्य भूमिका रहेको छ। यस्तै , फिल्ममा विनोद न्यौपाने , भोलाराज सापकोटा , बुद्धि तामाङ , माओत्से गुरुङ र देशभक्त खनाल लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ। यस्तै यो फिल्मको बालकलाकारमा जान्भि पौडेल र स्वायम् केसीको अभिनय रहने छ। फिल्मका लेखन तथा निर्देशन सरोज पौडेल हुन्। फिल्ममा उनकै लेखक रहेको छ। सोसल – ड्रामा जनरामा बन्ने फिल्म गन्धर्व परिवारको कथामा आधारित रहनेछ। यस फिल्मलाई अन्तर्राष्ट्रिय रुपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको हो। फिल्ममा कलाकारहरुको भूमिका बारेमा अहिले केही पनि खुलाइएको छैन। अहिलेसम्म अनुबन्धित भएका सबैकलाक...