Posts

Showing posts from June, 2025
Image
राज्यपाल ओमप्रकाश माथुरले नथुला हुँदै कैलाश-मानसरोवर यात्राको निम्ति झण्डा देखाएर प्रस्थान गराए नथुला हुँदै कैलाश-मानसरोवर यात्रा फेरि शुरु भएको साक्षी बन्नु हामी भाग्यशाली हौं : राज्यपाल गान्तोक : सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले आज नथुला हुँदै कैलाश-मानसरोवर यात्राको निम्ति टोलीलाई झण्डा देखाएर प्रस्थान गराए। तीर्थ यात्रीहरूको प्रथम ब्याचमा विभिन्न राज्यका तीर्थालु , सम्पर्क अधिकारी र एकजना चिकित्सा अधिकारी सामेल छन्। यस ब्याचमा पवित्र कैलाश-मानसरोवरको यात्रा गर्न दृढ सङ्कल्पित महिलाका साथै वरिष्ठ नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको छ। राज्यपाल माथुरले यात्रालाई झण्डा देखाएर प्रस्थान गराउनअघि , बिहानै नथुला पुगी राज्य सरकारका अधिकारी , सम्पर्क अधिकारीका साथमा सेना अनि आइटीबीपी कर्मीहरूको उपस्थितिमा यात्रीहरूसँग संवाद गरे। संवादका क्रममा राज्यपालले सबैलाई सफल यात्राको निम्ति शुभकामना व्यक्त गरे भने तीर्थालुहरूले भारत सरकार , सिक्किम सरकारका साथै विभिन्न राज्य अनि केन्द्र सरकारका विभाग अनि अभिकरणहरूप्रति आभार व्यक्त गरे। पछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राज्यपाल माथुरले यस ऐत...
इतिहास रचियो : योग सङ्गम कार्यक्रमको निम्ति पञ्जिकरण   4   लाख पार   नयाँ दिल्ली : आरोग्यताको निम्ति व्यापक एकताको प्रदर्शन गर्दै , 11 औं अन्तर्राष्ट्रिय योग दिवस (आ ई डीवाई)   2025   को ध्वजवाहक कार्यक्रम रहेको योग सङ्गमको निम्ति पञ्जिकरणले ऐतिहासिक   4   लाख पार गर्दै पारम्परिक स्वास्थ्य चलनको माध्यमद्वारा सर्वव्यापी स्वास्थ्यको निम्ति वैश्विक प्रकाशस्तम्भका रूपमा भारतको भूमिकालाई बल प्रदान गरेको छ। 21   जूनको दिन ,  देशको लाखौं स्थानमा एक साथ ऐतिहासिक लयबद्ध योग प्रदर्शनी गरिनेछ ,  जुन भारतको आरोग्यताको यात्राको निम्ति एउटा अभूतपूर्व क्षण हुनेछ। यस राष्ट्रव्यापी आन्दोलनको सबैभन्दा विख्यात प्रदर्शनी विशाखापटनममा हुनेछ ,  जहाँ प्रधानमन्त्री नरेन्द्र मोदीका साथमा आन्ध्र प्रदेशका मुख्यमन्त्री   चन्द्रबाबु नायडु अनि केन्द्रिय आयुष तथा स्वास्थ्य एवं परिवार कल्याण राज्यमन्त्री प्रतापराव जाधवले सामान्य योग अभ्यासको निम्ति   5   लाखभन्दा धेरै योगप्रेमीहरूका साथ भाग लिनेछन्। 21   जून , 2025   को दिन बिहान ...
Image
‘ विकासित कृषि संकल्प अभियान ’  को छैटौँ दिन शिवराज सिंह चौहान महाराष्ट्र पुगे नयाँ दिल्ली : केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले आज   ’ विकासित कृषि संकल्प अभियान ’  लाई अगाडि बढाउँदै महाराष्ट्रको पुणेस्थित नारायणगाउँस्थित कृषि विज्ञान केन्द्रका किसानहरूसँग अन्तर्क्रिया गरे। यस अवसरमा महाराष्ट्रका कृषिमन्त्री   माणिकराव शिवाजीराव कोकाटे सहित अधिकारीहरू ,  वैज्ञानिक र धेरै संख्यामा किसानहरू उपस्थित थिए। पहिलो दिन ओडिशाबाट शुरु गरेर जम्मू ,  हरियाणा ,  उत्तर प्रदेश ,  बिहारपछि आज कृषिमन्त्रीले महाराष्ट्रका किसानहरूलाई भेटेका छन्। अन्य राज्यहरू जस्तै महाराष्ट्रमा पनि अभियानलाई लिएर किसानहरूमा धेरै उत्साह थियो। यस अवसरमा सम्बोधन गर्दै   शिवराज सिंह चौहानले भने ,  “ सबैभन्दा पहिले म छत्रपति शिवाजी महाराजको चरणमा नतमस्तक छु। म चाहन्छु , उनले हामीलाई सही बाटोमा हिँड्न प्रेरित गरून् ,  ताकि हामी आफअना किसानहरूको सेवा गर्न सकौं। “ केन्द्रीय कृषिमन्त्रीले भने ,  “ जबसम्म कृषि मन्त्री ,  कृषि विभाग र वैज्ञ...
Image
आरबीआई गान्तोकद्वारा साङ्गा-दोर्जी जीपीयुमा एसएचजीका लागि वित्तीय साक्षरता कार्यक्रम आयोजित गान्तोक : आरबीआई गान्तोकद्वारा सोरेङ जिल्ला अन्तर्गत साङ्गा-दोर्जी जीपीयुमा स्वयं सहायता समूहका सदस्यहरूको निम्ति   30   मईको दिन वित्तीय साक्षरता कार्यक्रम आयोजित गरियो। एसएचजी नेतृत्त्वहरूको क्षमता निर्माण गर्ने दिशामा आरबीआईको प्रतिबद्धताप्रति यो कार्यक्रम लक्षित थियो। आरबीआईका प्रबन्धक सोहनसिंह राजपुरोहित अनि सहायका रिद्दिक थापाले कार्यक्रमको सञ्चालन गरेका थिए। प्रबन्धक सोहनसिंह राजपुरोहितले पञ्चसूत्र नामक एसएचजीका लागि पाँच सिद्धान्तको पर्यावलोकनका साथ सत्र शुरु गरे ,  जसमा सामयिक बैठक ,  सामयिक बचत ,  नियमित आन्तरिक ऋणादान ,  नियमित पुनर्भुक्तानी र बहीखाता कायम गर्ने विषयमा बल दिइन्छ। उनले ब्याङ्क खाता परिचालन गर्न   “ आफ्नो ग्राहकलाई जान्नुहोस् (केवाईसी) ”- को आवश्यकताबारे पनि आलोकित गरे। यसबाहेक उनले भारतीय ब्याङ्क नोटको सुरक्षा विशेषताबारे पनि प्रस्तुति दिए। सहायक रिद्दिक थापाले प्रतिभागीहरूलाई वार्षिक ₹ 20   किस्तीका साथ प्रधानमन्त्री सुरक्षा बीम...