Posts

Showing posts from March, 2025
Image
सिक्किम राज्य स्तरीय विकसित भारत युवा संसदको सफलतापूर्वक समापन पाकिमकी स्तुति प्रधानलाई राज्य स्तरीय युवा संसदमा शीर्ष स्थान प्राप्त गान्तोक : सिक्किम राज्य स्तरीय विकसित भारत युवा संसद आज गान्तोकको राज्य विधानसभाको प्रेक्षागृहमा आयोजित गरियो। कार्यक्रममा सिक्किम राज्य विधानसभीकी उपाध्यक्ष श्रीमती राजकुमारी थापा मुख्य अतिथिका साथमा मुख्य निर्णायकका रूपमा उपस्थित थिइन्। यस अवसरमा विधायक एवं जनलेखा समितिका अध्यक्ष सोनामछिरिङ भेञ्चुङपा तथा विधायिका एवं समाज कल्याण विभागकी सल्लाहकार श्रीमती पामिन लेप्चा पनि विशिष्ट अतिथि अनि निर्णायक मण्डलीका रूपमा उपस्थित थिए। राज्य स्तरीय युवा संसदमा   39   जनाले भाग लिएका थिए ,  जसमा दुईवटा विषय   – “ भारतीय संविधानको   75   वर्षीय यात्रा: अधिकार ,  कर्तव्य अनि प्रगतिको यात्रा ”  तथा   “ संविधान दिवसको सङ्कल्प: भारतको संवैधानिक मूल्यलाई सुदृढ बनाउने सङ्कल्प ”  सम्बन्धी तीन मिनटको वक्तव्य पेश गर्नुपर्ने थियो। संसदमा पाकिम जिल्लाकी सुश्री स्तुति प्रधानले प्रथम ,  गान्तोक जिल्लाकी सुश्री केजिया छेत्रीले...
Image
Gangtok NSO Organises Activities to Mark 75 Years of NSS Gangtok: The National Statistics Office (NSO), Field Operations Division (FOD), Ministry of Statistics and Programme Implementation (MoSPI), Government of India is celebrating the 75th anniversary of the National Sample Survey (NSS) in 2025. As part of these celebrations, the National Statistics Office, FOD, Regional Office, Gangtok organized various activities during March 2025. A plantation drive was held at the Government Junior High School, Burung, Gangtok district on March 28, 2025. The school staff and officials of RO Gangtok actively participated in the drive. Flowering and decorative plants were planted around the school compound during the drive. The plantation drive was followed by an interactive session with students and local people about the importance of various surveys conducted by the NSO. The session was held in the premises of the school and the Panchayat of Burung-Sangkhola ward. Mrs. Srutika Tamang and Mr. B...
Image
  आरबीआई द्वारा 17औँ माउन्टेन डिभिजनको लागि वित्तीय शिक्षा कार्यक्रम आयोज ना गान्तोक : भारतीय रिजर्भ ब्याङ्क (आरबीआई) ले 27 मार्च , 2025 मा 17औँ माउन्टेन डिभिजनका सैन्य कर्मीहरूका लागि निवेचशक जागरूकता तथा ग्राहक शिकायत निवारण संयन्त्र सम्बन्धी एक कार्यक्रम आयोजना गर्यो। यस सत्रमा कुल 100 सैन्य अधिकारीहरूले भाग लिए। कार्यक्रमको उद्देश्य वित्तीय जागरूकता बढाउनु र सहभागीहरूलाई ब्याङ्किङ सेवाहरूको बारेमा आवश्यक ज्ञान प्रदान गर्नु थियो। आरबीआईका महाप्रबन्धक गोदा रविशङ्करको स्वागत सम्बोधनबाट कार्यक्रम शुरु भयो , जसले बकाया राशिको निर्बाध निपटानलाई सुनिश्चित गर्नका लागि ब्याङ्क खाताधारकहरूको जमा र लकर सुविधाहरूको लागि लाभार्थीहरूलाई नामित गर्ने आवश्यकतामाथि प्रकाश पारे। उनले ब्याङ्किङ कानूनमा हालै गरिएका परिवर्तनलाई पनि औँल्याए , जसले एकै साथ 4 जना लाभार्थीलाई नामित गर्नमा सक्षम बनाउँछ। यस अतिरिक्त , उनले वित्तीय समावेशीकरण र वित्तीय जागरूकतालाई अगाडि बढाउनमा आरबीआईले गरेका प्रयासहरूलाई रेखाङ्कित गरे। आरबीआई गान्तोकका क्षेत्रीय निर्देशक थोटनगाम जामाङले आफ्नो मुख्य भाषणमा ब्याङ्किङ स...
Image
‘ जनै हराएको बाहुन ’ बाट अभिनेता सुशांक मैनालीको कमब्याक काठमाडौं: चलचित्र ‘ जनै हराएको बाहुन ’ निर्माण घोषणा देखि नै चर्चामा छ। चैतको अन्त्यबाट छायांकनमा जाने चलचित्रको ४० दिनको छायांकन सेड्युल रहेको निर्माणपक्षले जनाएको छ।  चलचित्रको केही समयअघि थिम मोसन पोस्टरमार्फत सार्वजनिक भइसकेको छ। ‘ जनै हराएको बाहुन ’ ले आमा र छोराबीचको इमोस्नल कथा भन्नेछ। यसले आमाको सुखका लागि छोराले गर्ने संघर्षको कथा सिनेमाले भन्नेछ। चलचित्रले गाउँबाट शहर आएको एक सामान्य व्यक्तिले भोग्नुपरेका अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथालाई भन्नेछ। ‘ जनै हराएको बाहुन ’ लाई हिमाल न्यौपानेले निर्देशन गर्नेछन्। उनको यो डेव्यु निर्देशन छन्। यो चलचित्रको असोसियट निर्देशक ‘ प्रेमगीत ३ ’ अभिनेता मनिष राउत छन्।   नयाँ कथावस्तु र आकर्षक शीर्षकसहित निर्माण हुने ‘ जनै हराएको बाहुन ’ मा कलाकारहरूको पनि लाइनअप बलियो देखिएको छ। यो चलचित्रको मुख्य भूमिकामा अभिनेता विजय बराल फाइनल भइसकेका छन्। मुख्य अभिनेत्रीमा केकी अधिकारी र मिरुना मगर छन्। साथमा गौरव पहाडी र रेअर राईले काम गर्ने पक्का भइसकेको छ। ...
पाँच राज्यमा अग्निशमन सेवाको सुदृढ बनाउ ने परियोजनालाई स्वीकृति नयाँ दिल्ली : केन्द्रीय गृह एवं सहकारिता मन्त्री अमित शाहको अध्यक्षतामा एउटा उच्च स्तरीय समितिले सिक्किममा आपदाबाट बहाली एवं पुनर्निर्माण सम्बन्धी गतिविधिका साथै पाँच राज्यमा अग्निशमन सेवालाई सुदृढ बनाउनका लागि परियोजनाहरूलाई स्वीकृति प्रदान गरेको छ। वित्त मन्त्री ,  कृषि मन्त्री तथा नीति आयोगका उपाध्यक्ष सदस्य रहेको समितिद्वारा राष्ट्रिय आपदा मोचन निधि (एनडीआरएफ) अन्तर्गत बहाली एवं पुनर्निर्माण वित्तपोषण झ्याल तथा क्षमता निर्माण वित्तपोषण झ्यालद्वारा राज्यहरूलाई वित्तीय सहायता प्रदान गर्ने प्रस्तावहरूमाथि पनि विचार गरियो। प्रधानमन्त्री नरेन्द्र मोदीको भारतलाई आपदा अनुकूलित बनाउने परिकल्पना पूरा गर्नका लागि गृ मन्त्री अमित शाहको मार्गदर्शनमा देशमा आपदारूको प्रभावी प्रबन्धन सुनिश्चित गर्न कैयौं पहल लागू गरिएका छन्। भारतमा आपदा जोखिम न्यूनिकरण प्रणालीलाई सुदृढ बनाउँदै आपदाको समय ज्यानमालको नोक्सानी रोक्नका लागि कैयौं कदम उठाइएका छन्। उच्च स्तरीय समितिद्वारा   “ राज्यहरूमा अग्निशमन सेवा विसातर एवं आधुनिकीकरण ”...
Image
  सिक्किम विधानसभाले   30   मार्चमा राज्य स्तरीय विकसित भारत युवा संसद आयोजना गर्ने गान्तोक: राज्य स्तरीय विकसित भारत युवा संसद   30   मार्च , 2025   आइतवार को दिन सिक्किम विधानसभाको बेङ्क्वेट हलमा आयोजना हुने तय भएको छ। यो कार्यक्रम नीति निर्माण र शासनमा युवाहरूको भागिदारीलाई बढ़ावा दिने उद्देश्यले राष्ट्रिय पहलको एक हिस्सा हो ,  जुन प्रधानमन्त्री नरेन्द्र मोदीको विकसित भारत @2047   को दृष्टिकोण अनुरूप छ। माई भारतको तत्त्वावधानमा युवा मामिला तथा खेलकुद मन्त्रालयद्वारा शुरु गरिएको यो दूरदर्शी पहलले नीति निर्माण ,  शासन र राष्ट्रिय चर्चामा युवाहरूको भागिदारीलाई बढ़ावा दिन्छ। यो कार्यक्रमले सूचित सार्वजनिक चर्चालाई प्रोत्साहन गर्दछ ,  विविध दृष्टिकोणप्रति सम्मानलाई बढावा दिन्छ अनि   18-25   वर्ष उमेरका युवाहरूलाई विभिन्न स्तरहरूमा चर्चामा सामेल हुनको लागि एक संरचित मञ्च प्रदान गर्दछ। यसले निर्णय लिने कौशललाई बढाउनमा मद्दत गर्दछ र लोकतान्त्रिक संस्थानहरूमा अनुशासित संवादको महत्त्वलाई स्थापित गर्दछ। यस अतिरिक्त ,  यो पहलले वि...