Posts

Image
  अन्तर्राष्ट्रिय महिला दिवसमा कदमतला मोनिटोरिङ संगठनद्वारा खालपाडा भ्रमण मान्छेको जीवनमा सकारात्मक र नकारात्मक दुवै पक्षहरू छन् जसलाई हामी अँध्यारो र उज्यालो पाटा पनि भन्दछौं। उज्यालो पाटालाई सबैले टाढ़ैबाट देखेका हुन्छन्। प्रसंशा गर्छन्। बेला-बेलामा ताली बजाउँछन् तर कति मान्छेहरू यस्ता पनि छन् जो जीवनभरि नै अँध्यारोमा बाँच्न बाध्य छन्। उनीहरूको निम्ति कहिल्यै ताली बज्दैन। रहरले होइन करले। बाध्यता नै उनीहरूको जीवनको भोगाइ हो। उनीहरू नकारात्मकतामा पनि सकारात्मकता देख्न बाध्य छन्। अँध्यारो नै उनीहरूलाई प्यारो लाग्छ किनभने सभ्य समाजमा उनीहरूलाई ठाउँ छैन। सभ्य समाजले हेप्छ , दुत्कार्छ , घृणा गर्छ र यस्तै पाटाहरूका संकीर्ण गलछेंड़ीहरूलाई पछ्याउँदै दिनांक ८ मार्च २०२४ , अन्तर्राष्ट्रिय महिला दिवसको दिन हामी कदमतला मोनिटोरिङ संगठन त्यो अँध्यारो बदनाम ठाउँमा पुग्छौं जहाँ करले बाँचिरहेका छन् सभ्य समाजले त्यागेका अवहेलना गरेका धेरै छोरी-चेलीहरू , दिदी-बहिनीहरू अनि उमेर पुगेका आमाहरू। मनमा अनेकौं पीर-व्यथा बोकेर आफ्नो शारीरिक अवस्था ठीक नहोस् तरैपनि परायालाई सुख , सन्तुष्टि र खुशी दिन बा...
Image
मानव तस्करीविरूद्धको अभियानः  कञ्चनजङ्घा उद्धार केन्द्र   सञ्जय प्रधान-       आजभन्दा करिब दुई दशकअघि दार्जीलिङ पहाडी भेक, डुवर्स साथै हिमाली राज्य सिक्किममा मानव तस्करी कुनै चल्ती शब्द थिएन। त्यति बेला यस भेकका समाज मानव तस्करीबारेमा अनभिज्ञ नै थियो। यस क्षेत्रदेखि बाहिरतिर छोरीचेलीलाई फकाइफुसलाई बिक्री गरिन्छ भन्ने सुनेका मात्र थिए। तर, मानव तस्करहरू आफ्नो सञ्जाल फैलाएर यस क्षेत्रमा समाजका भित्र भित्रका गल्ली र गलछेंड़ीहरूमा पसिसकेको कसैलाई थाहा थिएन। यताका क्षेत्रमा मानव तस्करीका घटनाहरू भएको छैन, र हुँदैन भन्ने सबैमा एउटै धारणा थियो। तर, एउटै घटनाले यस भेकमा मानव तस्करहरूको गिरोहले बृहत रूपमा आफ्नो जाल फैलाएको खुलासा भयो।                   यसरी उदय भयो कञ्चनजङ्घा उद्धार केन्द्र सन् २००४, दार्जीलिङ पहाडी भेकमा हिउँद प्रायः छिप्पिसकेको थियो अनि यसको असर नजिकैको मदेश खण्ड सिलगढीमा पनि परिसकेको थियो। मानव तस्करहरूको सञ्जालले उत्तर बङ्गाललगायत सिक्किमलाई समेत लपिटिसकेको घटना...
Image
  केएफसीले शुरु गर्यो ग्लोबल फ्लेभर्सबाट प्रेरित अन्तर्राष्ट्रिय बर्गर फेस्ट कोलकाता: केएफसी जिङ्गर बर्गर अति विशेष र लोकप्रिय छ। तर विस्वका विभिन्न भागहरूबाट प्रेरित पाँचवटा प्रकारका जिङ्गर बर्गरहरू, प्रत्येकको आफ्नै स्वाद र स्वाद कसरी हुनसक्छ? हो, सही सुन्नुभयो! जे पनि खान चाहनुहुन्छ, केएफसीले हरेक स्वाद अनुरूप रसिलो र क्रिस्पी केएफसी जिङ्गर बर्गर ल्याएको छ। केएफसी इन्टरनेशनल बर्गर फेस्टमा एक, दुई होइन पाँचवटा फरक-फरक जिङ्गर बर्गरहरू देखाइनेछ, जसको मूल्य रु १७९/बाट शुरु हुनेछ। केएफसी इन्टरनेशनल बर्गर फेस्टले ‘टेक अ बाइट, टेक अ फ्लाइट ’ गर्ने अवसर प्रदान गरिरहेको छ, किनकि यो विश्वव्यापी स्वादको स्वाद लिनको लागि तपाईको आफ्नै पासपोर्ट बनेको छ। यसमा मसालेदार देखि क्लासिक र तन्दुरीसम्म धेरै पाउनुहुनेछ। विश्वव्यापी स्वादको आनन्द लिने तपाईंको हरेक इच्छा पूरा गर्न केएफसी जिङ्गर बर्गर यहाँ छ। त्यसैले अब चिकन लभरहरू १०० प्रतिशत असली चिकनबाट बनेका विभिन्न परिकारहरूको स्वाद लिन तयार रहनुहोस्। नरम तिलको बनमा क्रन्ची फिलेट, करी र क्रीमी मेयो ससले बनेको अमेरिकी क्लासिक जिङ्गर प्रयोग गरी ह...
Image
  प्रथमपटक, ईसीआईद्वारा २०२४ को लोकसभा चुनावमा कम मतदाता उपस्थितिबारे सम्मेलन आयोजना लक्षित हस्तक्षेपका लागि २६६ शहरी अनि ग्रामीण पीसीका लागि मतदाता उपस्थिति कार्यान्वयन योजना तयार   नयाँ दिल्ली : आम चुनाव २०२४ मा मतदानको दिनअगावै, भारतीय निर्वाचन आयोगले (ईसीआ ई ) बितेको आम चुनावमा मतदाताको कम उपस्थिति दर्ता भएका संसदीय क्षेत्रहरूमा मतदाताको उपस्थिति बढाउने प्रयासलाई गति प्रदान गरेको छ। नयाँ दिल्लीको निर्वाचन सदनमा आयोजित एकदिने “कम मतदाता उपस्थितिमाथि सम्मेलन”मा बिहार अनि उत्तर प्रदेशको चुनिएका प्रमुख नगर निगम आयुक्त अनि जिल्ला निर्वाचन अधिकारीहरूले (डीईओ) चिन्हित संसदीय निर्वाचन क्षेत्रका शहरी अनि ग्रामीण इलाका मतदाताको संलग्नता अनि सहभागिता बढाउने विषयमा चर्चा गरे। सम्मेलनको अध्यक्षता मुख्य निर्वाचन आयुक्त राजीव कुमारका साथमा निर्वाचन आयुक्त ज्ञानेश कुमार अनि सुखबीरसिंह सन्धुले गरेका थिए। यस अवसरमा मतदाताहरूको उदासीनता सम्बन्धी पुस्तिका पनि आयोगद्वारा लोकार्पण गरियो।  २०१९ को लोकसभा आम चुनावमा ११ वटा राज्य अनि केन्द्र शासित प्रदेश जस्तै बिहार, उत्तर प्रदेश, दिल्...
Image
  ताइवानमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प ,   २५ वर्ष यताकै शक्तिशाली भूकम्प तस्वीर सौजन्य: एक्स    ताइपेई: ताइवानमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। यो भूकम्प का कारण जापानका दक्षिणी टापुहरू पनि थर्कियो । भूकम्पका कारण तीन मिटर अग्लो सुनामी को छाल आउने सम्भावना रहेको छ। जापानको मौसम विज्ञान निकाय (जेएमए) ले भूकम्पपछि सुनामीको चेतावनी जारी गरेको छ। स्थानीय समय अनुसार बिहान ९ बजेको समयमा भूकम्प गएको हो। ताइवानमा पनि भूकम्पका कारण ठूलो क्षति भएको छ। भवनहरु भत्किएका छन्। भूकम्पका कारण भत्किएका भवनहरुमा मानिसहरु फसेका छन्। ट्विटरमा जेएमए को आपदा तयारी खाताले एक पोस्टमा प्रभावित क्षेत्रहरूमा मानिसहरूलाई चेतावनी दिएको छ। उनीहरुलाई अर्को स्थिति स्पष्ट नभएसम्म इलाका नछाड्न भनिएको छ। ट्वीटको अनुवाद अनुसार लेखिएको छ , ‘ तीन तारिख राति ९ बजेर १ मिनट सम्म सुनामीको चेतावनी जारी गरिएको छ। सुनामी बारम्बार आउँछन्। चेतावनी नहटाएसम्म आफ्नो सुरक्षित स्थान नछोड्नुहोस्। ओकिनावा र मियाजोकिमा र यायामा टापु समूहमा १० फिटसम्मको सुनामीको जोखिम रहेको जेएमएले जनाएको छ l’ ...
Image
  संगीता जिन्दल  एसिया सोसाइटी इण्डिया सेन्टर बोर्डमा नयाँ अध्यक्ष नियुक्त मुम्बई: एसिया सोसाइटी इण्डिया सेन्टर बोर्डले संगीता जिन्दललाई आफ्नो बोर्ड अफ डाइरेक्टरको नयाँ अध्यक्षमा चयन गरेको छ। उनको नियुक्ति हिजो (१ अप्रिल)देखि लागू भएको छ। एसिया सोसाइटी इण्डिया सेन्टरकी सीईओ इनाक्षी सोब्तीले भनिन् , ‘म एसिया सोसाइटी इण्डिया सेन्टरको बोर्डकी अध्यक्षमा संगीता जिन्दललाई स्वागत गर्न पाउँदा खुशी छु। उनी दक्षिण एसियामा हाम्रो मिशनको लागि धेरै सहयोगी हुन्, र भारत र दक्षिण एसियामा समकालीन कलालाई समर्थन गर्ने उहाँको काम परिवर्तनकारी शक्ति भएको छ। म एसिया सोसाइटीसँग दक्षिण एसियामा आफ्नो कामलाई बलियो बनाउनको लागि काम गर्न तत्पर छु।‘ संगीता जिन्दल आर्ट इण्डियाकी अध्यक्ष तथा जेएसडब्ल्यु फाउन्डेशनकी अध्यक्ष हुन्। यो फाउन्डेशन जेएसडब्ल्यू ग्रुप अफ कम्पनीको सामाजिक विकास परियोजनाहरूको लागि जिम्मेवार छ। विगत बीस वर्षदेखि उनले जेएसडब्लु फाउन्डेशनको नेतृत्व गरिरहेकी छिन् , यसले शिक्षा , स्वास्थ्य , जीविकोपार्जन , स्थानीय खेलकुद विकास र कला र सांस्कृतिक सम्पदाको संरक्षणका क्षेत्रमा आफ्ना गतिविध...
Image
अब्बल साहित्यकार युद्धवीर राणा र साहित्य अकादमी पुरस्कार   युद्धवीर राणा भा रतको उर्तर पूर्वी क्षेत्र (असम)बाट नेपाली साहित्यमा लामो समयदेखि भागीरथ योगदान पुऱ्याउँदै आउनु हुने प्रतिष्ठित साहित्यकार स्वनामधन्य युद्धवीर राणालाई देशको सर्वोच्च साहित्यिक संस्था साहित्य अकादमीले वर्ष २०२३ को साहित्य अकादमी पुरस्कारले विभूषित गर्नु भनेको सामान्यरूपले हेर्दा त प्रतिवर्ष एक न एकजनाले पुरस्कार पाउने क्रम को निरन्तरता जस्तो मात्र लाग्छ। तर यसको सबैभन्दा ठूलो महत्त्व कहाँ छ भने, कुनै पनि भारतीय साहित्यकारको शीरमा यो पुरस्कारको श्रीपेच पर्नु भनेको देशमा राजनीतिक मूल प्रवाहमा सामेल भएकै अनुभूत गर्दा गर्दै पनि आफ्नो पहिचान र हक हि तको लागि पटक पटक चिच्याइरहनु पर्ने परिस्थिति झेल्दै भए तापनि मुलुकको विविधताभित्र भारतीय नेपाली भाषीहरूले पनि आफ्नो छुट्टै उन्नत भाषा, साहित्य र संस्कृतिको प्रमाण दिँदैआफ्नो उपस्थितिलाई टडकारो राख्नु सकेको साक्षी पनि हो यो। यो पुरस्कारलाई हामीले पाएको मूल्याङ्कनको यही दृष्टिकोणले हेर्न सकिन्छ। विविध भाषा र साहित्यले डम्म भरिएको मुलुकको सर्वोच्च साहित्यिक संस्थाल...