Posts

Image
  ३१ अक्टोबरमा ‘ पूर्ण बहादुरको सारङ्गी ’ काठमाडौं: फिल्म ‘ पूर्ण बहादुरको सारङ्गी ’ फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले प्रदर्शन मिति घोषणा गर्दै फिल्मको फर्स्ट लुक पोस्टर सार्वजनिक गरेको हो। सार्वजनिक फर्स्ट लुक पोस्टरमा फिल्मका मुख्य पात्र विजय बराल र प्रकाश सपूतलाई स्थान दिइएको छ। झुस्स दारी जुंगामा खुसी देखिएका विजयको क्लोजअपमा वान साइड फेस देखाइएको छ। त्यसको ठिक तल प्रकाश सपूत सरकारी स्कुलको ड्रेसमा हातमा मार्कसिट बोकेर उफिदै घरतिर कुदिरहेका छन्। यसले उनी स्कुलको कुनै कक्षामा सबलाई टपेर प्रथम भएको संकेत गरिरहेको छ। प्रकाश र विजयको खुशीले उनीहरु एकै घरका सदस्य हुन् भनेर अनुमान लगाउन सकिन्छ। तर , यसबारे निर्माणपक्षले केही जानकारी दिएको छैन। सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा विजय र प्रकाशसँगै मुकुन भुसाल , बुद्धि तामाङ , अञ्जना बराइली , माओत्से गुरुङ , देशभक्त खनाल , भोलाराज सापकोटा , विनोद न्यौपाने , अलिास बास्तोला , श्याम केसी , जानवी पौडेललगायतको अभिनय छ। सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको फिल्मका विनोद पौडेल र प्रतीक सुवेदी निर्माता ...
Image
ममता लामाको तीजको गीत ‘तिम्रै लागि पानी नपिइ...’ (हेर्नुहोस् भिडियो) गान्तोक:   हरेक वर्ष तीजको पर्वमा नेपाली हिन्दू नारीहरूको रमाइलो जमघट हुने गर्दछ। तीज नेपाली हिन्दु नारीहरूले पालन गर्ने महान् पर्व हो। यस वर्षको तीज अब नजिकै आइसकेको छl युट्युब च्यानलहरूमा तीजको म्युजिक भिडियोहरू अहिले भाइरल हुन थालेको छl ‘तिम्रै लागि पानी नपिइ , व्रत हेर बस्याछु तिम्रै लागि नजाने नि , कम्मर भाँची नाच्याछु तीज आयो तीज आयो , भन्दै गाउँछु गीत सम्झी सम्झी शिवजी र पार्वतीको प्रीत पार्वती  नि बसिन् व्रत शिवजीलाई पाउन...’ गान्तोक निवासी पुराना गायिका ममता लामाको तीजको यो गीत पनि युट्युबमा चलिरहेको छl यो गीतले तीजको रमाइलो परिवेशमा अझ बढी रौनक बढाउने छl हुन त ममता लामाको यो तीज गीत दुई वर्ष अघि नै रेकर्डिङ भएको होl तीजको गीत जहिले रेकर्डिङ भए पनि चल्ने त तीजकै बेलामा होl रातो साडी, हरियो पोते लगाएकी महिलाहरुको समूह रमाइलो गरी गाउँदै नाचेको यो म्युजिक भिडियो निक्कै रमाइलो देखिन्छl यसमा गायिका ममता लामा पनि महिलाहरूको समूहमा गीत गाउँदै प्रस्तुत भएकी छिन्l के एस लामा निर्माता रहेको यो ग...
Image
  ‘ एक्टर ’ को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक काठमाडौं: पोस्ट प्रोडक्सनमा रहेको फिल्म ‘ एक्टर: टेक वान ’ को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक भएको छ। निर्माणपक्षले आज थिम पोस्टर सार्वजनिक गरेको हो। पोस्टरमा फिल्मका मुख्य कलाकार प्रदीप खड्कालाई देख्न सकिन्छ। लामो कपालमा रहेका उनको अनुहारभरी घाउचोट लागेको आलो रगत छ। यसले उनी कसैको आक्रमणमा परेको प्रष्ट बुझिन्छ। कालो टिसर्टमा रहेका उनी कुनै होटेल वा पवमा रहेका हुन् कि भन्ने पृष्ठभूमी हेरेर अनुमान लगाउन सकिन्छ। तर प्रष्ट भने छैन। यद्यपि , कालो टिसर्ट , मुख्य पात्रमाथिको आक्रमण र पृष्ठभूमिको कलरले कतै चलचित्रले स्याड स्टोरी त भनेको छैन भन्ने अनुमान लगाउन सकिन्छ। तर निर्माणपक्षले स्टोरी खुलाएको छैन। ३१ अक्टोबरमा रिलिज हुने फिल्म ‘ एक्टर ’ मा प्रदीपसँगै डेव्यु अभिनेत्री दिव्या रायमाझी , आना शर्मा , राजवल्लभ कोइराला , दिव्य देव , सुशील सिटौलालगायत कलाकारको अभिनय रहनेछ। अभिनेता खड्काले पहिलो पटक फिल्मको पर्दामा आना र दिव्यासँग सहकार्य गर्न लागेका हुन्।  राजन भुसालको निर्देशन रहेको फिल्मका निर्माता थमन कुमारी भण्डारी हुन्। क्र...
Image
  लामो समयपछि फेरि एकसाथ भएका पल र मलिकाले समाते सहकारी ठग  (हेर्नुहोस् भिडियो) ' सहकारी ठग ' को कथामा पल र मलिका , पाउलान त पीडितले न्याय ? एक बर्ष जेल जिवन बिताएर आएका पलको मलिकासंग पहिलो सहकार्य , कती जम्यो जोडी ? रवि लामिछानेको बयानकै दिन ' सहकारी ठग ' मा आधारित पल र मलिकाको ' राधा पियारी ' सार्वजनिक काठमाडौं: लक्षरा फिल्म्सको प्रस्तुतिमा तयार भएको प्रेरणादायक म्युजिक भिडियो ' राधा पियारी ' सार्वजनिक भएको छ। गीत शुक्रबार ओ.एस.आर डिजिटल युटउब च्यानबाट सार्वजनिक गरिएको हो। सिने क्षेत्रका दुई चर्चित कलाकारहरू पल शाह र मलिका महतको प्रभावशाली अभिनयले सजिएको यो भिडियो सन्देशमुलक छ। पी.एम जोडीको नामले परिचित यी दुईको यो भिडियो केही विशेष छ। भिडियो केही सस्पेन्स छ तर आकर्षक बनेको छ। नाम ' राधा पियारी ' भए पनि गीतको भिडियोले सहकारी पीडितहरुको कथा बोल्छ जुन अहिलेको समसामयिक विषय पनि हो। गीत डान्सिङ बिटको छ तर भिडियोले मनोरञ्जन सँगसँगै पीडितहरुको आवाज उठाएको छ। देशभर छरिएर बसेका तमाम सहकारी पीडितलाई न्याय दिलाउन पहल गर्ने विषय नै ' राधा पियारी...
Image
  २३४ नयाँ शहर/ नगरमा निजी एफएम रेडियो विस्तार गर्न अनुमोदन मातृभाषामा स्थानीय विषयलाई टेवा प्रदान गर्नका साथै नयाँ रोजगार अवसर सिर्जना गर्नेछ नयाँ क्षेत्रमा धेरै आकाङ्क्षी , एलडब्लुई प्रभावित अनि सीमा क्षेत्र छन् नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको केन्द्रीय मन्त्री मण्डलको बैठकले निजी एफएम रेडियो चरण-३ नीति अन्तर्गत ₹ ७८४.८७ करोडको अनुमानित आरक्षित मूल्यका साथ २३४ नयाँ शहरमा ७३० च्यानलको आरोही ई-लीलामीको तेस्रो ब्याचको प्रस्तावलाई अनुमोदन गरेको छ। राज्य अनुसार शहर अनि नगर तथा ताजा लीलामीको निम्ति निजी एफएम च्यानलको संख्या परिशिष्टमा प्रस्तुत गरिएका छन्। मन्त्री मण्डलले वस्तु एवं सेवा कर (जीएसटी) बाहेक सकल राजस्वको ४ प्रतिशत एफएमलाई वार्षिक लाइसेन्स शुल्क लगाउने प्रस्ताव पनि अनुमोदन गरेको छ। यो २३४ नयाँ शहर/ नगरमा लागू हुनेछ। २३४ नयाँ शहर/ नगरमा निजी एफएम रेडियोको शुभारम्भले यी शहर अनि नगरमा एफएम रेडियोको पूरा नभएको माग पूरा हुनेछ , जुन निजी एफएम रेडियो प्रसारण अन्तर्गत समेटिएको थिएन भने अब मातृभाषामा नयाँ/ स्थानीय विषय वस्तु समेटिनेछन्। यसबाट नयाँ र...