
ममता लामाको तीजको गीत ‘तिम्रै लागि पानी नपिइ...’ (हेर्नुहोस् भिडियो) गान्तोक: हरेक वर्ष तीजको पर्वमा नेपाली हिन्दू नारीहरूको रमाइलो जमघट हुने गर्दछ। तीज नेपाली हिन्दु नारीहरूले पालन गर्ने महान् पर्व हो। यस वर्षको तीज अब नजिकै आइसकेको छl युट्युब च्यानलहरूमा तीजको म्युजिक भिडियोहरू अहिले भाइरल हुन थालेको छl ‘तिम्रै लागि पानी नपिइ , व्रत हेर बस्याछु तिम्रै लागि नजाने नि , कम्मर भाँची नाच्याछु तीज आयो तीज आयो , भन्दै गाउँछु गीत सम्झी सम्झी शिवजी र पार्वतीको प्रीत पार्वती नि बसिन् व्रत शिवजीलाई पाउन...’ गान्तोक निवासी पुराना गायिका ममता लामाको तीजको यो गीत पनि युट्युबमा चलिरहेको छl यो गीतले तीजको रमाइलो परिवेशमा अझ बढी रौनक बढाउने छl हुन त ममता लामाको यो तीज गीत दुई वर्ष अघि नै रेकर्डिङ भएको होl तीजको गीत जहिले रेकर्डिङ भए पनि चल्ने त तीजकै बेलामा होl रातो साडी, हरियो पोते लगाएकी महिलाहरुको समूह रमाइलो गरी गाउँदै नाचेको यो म्युजिक भिडियो निक्कै रमाइलो देखिन्छl यसमा गायिका ममता लामा पनि महिलाहरूको समूहमा गीत गाउँदै प्रस्तुत भएकी छिन्l के एस लामा निर्माता रहेको यो ग...